राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता

Sagarmatha Post
Sagarmatha Post २६ श्रावण २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आइबार भएको सो भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा भर्खरै सम्पन्न भएको  भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका  बारेमा जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ  । प्रधानमन्त्री  ओली यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट २०२५) आयोजना भएको सो  सम्मेलनमा सहभागी भएर शनिवार स्वदेश फर्कनुभएको हो । भेटमा समसामयिक अन्य विषयमा पनि छलफल भएको जनाइएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्