प्रथम रोजमेरी आईडल भलिबल च्याम्पियनशिप प्रतियोगिताको उपाधी न्युटन स्कुल र एआइ स्कुलले जित्यो

Sagarmatha Post
Sagarmatha Post २७ श्रावण २०८२, सोमबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं ७ फुटुङ स्थीत रोजमेरी आईडल बोडिङ स्कुलको आयोजनामा पहिलो रोजमेरी आईडल भलिबल च्याम्पियनशिप प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयको प्राङगणमा हिजो र आज भएको प्रतियोगितामा १२ टिमका १४४ खेलाडीहरु सहभागी भएका थिए । प्रतियोगिताको उपाधी छात्र तर्फ न्यूटन हाईस्कुल बालुवाटार र छात्रा तर्फ एआई स्कुल सतुङगले उपाधी जितेका छन् । पुरुष तर्फ आयोजक रोजमेरी आईडल बोडिङ स्कुलले द्धितिय स्थान सुरक्षित गर्यो भने मनमैजु मा.वि ले तृतिय स्थान जित्न सफल भएका छन् ।
त्यस्तै छात्रा तर्फ एआई स्कुल सतुंगलले उपाधी जितिरहंदा स्कलर्स होम एकेडेमी सामाखुसीले द्धितिय स्थान सुरक्षित गर्यो भने मनमैजु मा.बिले तृतिय स्थान जित्न सफल भयो । उपाधी बिजयी खेलाडी तथा टिमलाई तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले आज एक कार्यक्रमका बिच प्रमाणपत्र, शिल्ड र ट्रफि प्रदान गर्नुभयो ।
प्रतियोगितामा छात्रा तर्फ रोजमेरीकी सुस्क्रीना महर्जन र छात्र तर्फ स्कलर्स होम एकेडेमिका सुवर्ण भट्टराई उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै छात्रा तर्फ अलराउण्डर मनमैजु मा.विकी सिमन बुढा, बेष्ट सेटर स्कर्लस होम्सकी एलीना भण्डारी र उत्कृष्ट स्पाईकरको उपाधी एआई स्कुलकी समिस्ता श्रेष्ठले जित्न सफल भइन् ।
त्यस्तै छात्र तर्फ अलराउण्डर रोजमेरी आईडलका निरस बिक, उत्कृष्ट सेटर मनमैजु मा.विका तिसान विका र उत्कृष्ट स्पाईकरको उपाधी न्युटन स्कुलका कृष्ण साउदले जित्न सफल भए ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा न्युटन हाईस्कुलका प्रिन्सीपल तथा नेपाल विद्यालय भलिबल कमिसनका राष्ट्रिय अध्यक्ष राम बहादुर केसी, रोजमेरी आईडल स्कुलका संरक्षक रामकृष्ण महर्जन, मनमैजु मा.विका प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापक क्रमश रबिना महर्जन र शन्दीप सापकोटा, न्युटन हाईस्कुलका कार्यकारी निर्देशक रमेश पन्थी, स्कलर्स होम एकेडेमीका कार्यकारी निर्देशक सुर्य पण्डीत, रोजेमरी आईडल स्कुलका व्यवस्थापन समितिका सदस्य दिनेश महर्जन, विद्यालयका व्यवस्थापक तथा शैक्षिक सल्लाहकार विनोद गजुरेल लगायतको उपस्थीति रहेको थियो । प्रतियोगितामा अशोक थापा, शान्ति गुरुङ लगायतले रेफ्रिको भुमिका निर्वाह गर्नुभएको विद्यालयका प्रधानाध्यापक पुस्प पौडेलले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन विद्यालयका शिक्षक अनिश क्षेत्रीले गर्नुभएको थियो ।
कार्यक्रम समापन कार्यक्रममा न्युटन हाईस्कुलका प्रिन्सीपल तथा नेपाल विद्यालय भलिबल कमिसनका राष्ट्रिय अध्यक्ष राम बहादुर केसीले खेलकुद प्रतियोगिताले खेलाडीहरु प्रति आत्मियता र भातृत्वको विकास गर्ने बताँउदै बिजेता खेलाडीहरुलाई बधाई र सुभकामना व्यक्त गर्नुभयो ।
समापन समारोहमा स्वागत मन्तव्य राख्नुहुंदै रोजमेरी आईडल बोडिङ स्कुलका प्रिन्सीपल पुष्प पौडेलले विद्यालयले पहिलो पटक संचालन गरेको प्रतियोगिताले खेल क्षेत्रको विकास र विस्तारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

May be an image of 10 people

May be an image of 5 people and dais

May be an image of 6 people, dais and text

May be an image of 7 people and text

May be an image of 7 people and text

dfsf

May be an image of 8 people and text

May be an image of 8 people, dais and text

May be an image of 5 people and text

May be an image of 11 people, people playing voleyball, people playing football and people playing soccer

May be an image of 6 people, people playing voleyball, people playing football, people playing soccer and text

dfdf

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्