दरमखोला हाइड्रो इनर्जीको आईपीओ बाँडफाँट

Sagarmatha Post
Sagarmatha Post ३० श्रावण २०८२, बिहीबार
2 Min Read
Aa

दरमखोला हाइड्रो इनर्जीको आईपीओ बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार आज बिहान आईपीओ बाँडफाँट गरिएको हो ।कम्पनीको आईपीओमा २ लाख ४२ हजार ३१८ जनाले १०-१० कित्ताका दरले शेयर हात पारेका छन् । जसमा सोहि मध्यका ५ जनाले भने थप १ कित्ता गरी ११ कित्ता शेयर हात पारेका छन् ।

कम्पनीको आइपीओमा २३ लाख ७२ हजार ९२६ जनाले कुल २ अर्ब ८२ करोड ५२ लाख १५ हजार बराबरको २ करोड ८२ लाख ५२ हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । जुन यो मागभन्दा साढे ११ गुणा बढी हो । आवेदकमध्ये २१ लाख ३० हजार भन्दा बढीको हात खाली भएको छ ।कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता आईपीओ बिक्री गरिसकेको छ ।

बाँकी शेयरमध्ये १ लाख ४५ हजार ९७५ कित्ता आईपीओ सामूहिक लगानी कोषलाई र ५८ हजार ३९० कित्ता आईपीओ कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरी बाँकी २४ लाख २३ हजार १८५ कित्ता आईपीओ आम सर्वसाधारणमा निष्कासन गरेको थियो ।आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको थियो । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

आइपिओ  बाँडफाँटको नतिजा सीडीएससी आइपीओ रिजल्ट पोर्टल,  मेरो सेयर एकाउन्टलगायतबाट हेर्न सकिन्छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्