पर्यटन विभागका निर्देशक विरुद्ध विशेष अदालतमा मुद्दा दायर

Sagarmatha Post
Sagarmatha Post ३० श्रावण २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभाग, भृकुटीमण्डपका निर्देशक (सि‍डि‍ई) सचिन्द्रकुमार यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।यादव नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागमा कार्यरत हुनुहुन्थ्यो । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार २०६६ साल जेठ २४ गतेदेखि २०७९ साल साउन २९ गतेसम्मको अवधिमा वैधानिक स्रोतबाट पुष्टि नभएको करिब ९६ लाख ८५ हजार ५५३ रूपियाँ १९ पैसा बराबरको सम्पत्ति आर्जन भएको प्रमाणित भएको हो।

सो अवधिमा उहाँ र परिवारको नाममा जम्मा  दुई करोड ६८ लाखभन्दा बढीको आय देखिए पनि खर्च तथा लगानी रकम तीन करोड ६५ लाखभन्दा बढी पुगेको र स्रोत नखुलेको सम्पत्ति पाइएको आयोगले जनाएको छ ।भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय, बिगो असुल उपर जरिवाना, गैरकानुनी सम्पत्ति जफत तथा झुट्टा सम्पत्ति विवरण पेस गरेको अभियोगमा पनि सजायको माग दाबी गरिएको छ। साथै, सार्वजनिक पदमा रहँदा गैरकानुनी सम्पत्ति उहाँकी  श्रीमती आशाकुमारी यादवको नाममा राखिएको पाइएकाले उहाँलाई समेत प्रतिवादीका रूपमा कायम गरिएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्