तारकेश्वर नगरपालिमा बसोबास गर्ने १२ कक्षा उत्रिण विद्यार्थी र प्राचार्यलाई नेविसंघ तारकेश्वरले सम्मान गर्ने

Sagarmatha Post
Sagarmatha Post १ भाद्र २०८२, आईतवार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । नेपाल विद्यार्थी संघ तारकेश्वर नगर कार्यसमितिको आयोजनामा तारकेश्वर नगरपालिकामा बसोबास गर्ने १२ कक्षा उत्रिण भएका विद्यार्थीहरुलाई बधाई तथा प्राचार्यहरुलाई सम्मान गरिने भएको छ ।
यहि भदौ ६ गते शुक्रबार तारकेश्वर नगरपालिका वडा नं ८ स्थीत टुसाल मल्टीभेन्युमा विहान ९ बजे कार्यक्रम आयोजना गरीएको नेपाल विद्यार्थी संघ तारकेश्वर नगर कार्यसमितिका सभापति सौरभ कुमार कार्कीले जानकारी दिए ।
नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा बिभिन्न राजनैतिक दलका नेताहरु, शैक्षिक अभियन्ताहरुको उपस्थीति रहने नेविसंघ तारकेश्वरका अध्यक्ष कार्कीले बताए । नेविसंघको आयोजनामा हुन गईरहेको कार्यक्रममा सहभागी भईदिन नेविसंघ तारकेश्वर नगर कार्यसमितिले सबैमा निमन्त्रणा गरेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्