विपिन जोशीको रिहाइका लागि सरकारले हर सम्भव प्रयास गरिरहेको छ : प्रधानमन्त्री

Sagarmatha Post
Sagarmatha Post २ भाद्र २०८२, सोमबार
2 Min Read
Aa

भवानीदत्त भट्ट
कञ्चनपुर,
प्रधानमन्त्री केपी शर्मा ओलीले प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सरकारले हर सम्भव प्रयास गरिरहेको बताउनुभएको छ । ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल जानुभएका जोशी २०८० सालको असोज २० गतेदेखि सम्पर्कविहीन छन् ।इजरायलमा बेपत्ता रहेका विपिनको सुरक्षालाई प्राथमिकता दिँदै सरकार हर सम्भव पहलमा जुटिरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

सोमबार बिहान फेसबुकमा स्ट्याटस राख्दै प्रधानमन्त्री ओलीले जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी भएको बताउनुभयो । विपिनको रिहाइका लागि आफुले गत फागुन २८ गते इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिल र चैत ७ गते टर्कीका राष्ट्रपती रेसेप तैयप सँग यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको उहाँले बताउनुभयो ।

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी छेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।  आइतबार मात्रै विपिनका आमा पद्मा जोशी र बहिनी पुष्पाले इजरायली राष्ट्रपति आइज्याक हर्जाेगसँग भेटेर हमासद्वारा बेपत्ता बनाइएका विपिनको रिहाइका लागि पहल गरिदिन माग गर्नुभएको छ । बहिनी पुष्पाले पनि राष्ट्रपति हर्जाेग समक्ष आफ्नो दाइलाई हमासको बन्धकबाट मुक्त गराउन अपिल गर्नुभयो ।

जोशीको रिहाइका लागि नेपाली समुदायले शनिबार साँझ तेलअभिभमा प्रदर्शन समेत गरेका थिए । प्रदर्शनमा आमा पद्मा र बहिनी पुष्पा पनि रिहाइका लागि दबाब दिन प्लेकार्डसहित सहभागी हुनुभएको थियो । प्लालेस्टाइनी विद्रोही समूह हमासको कब्जामा रहेको भनिएका विपिन जोशीको खोजि गर्न गत सोमबार मात्रै विपिनका आमा र बहिनी इजरायल जानुभएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्