रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत मनमैजु महिला विद्यालयले महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा तिज विशेष कार्यक्रम आयोजना गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं तारकेश्वर नगरपालिकाको न्यायीक समितिका सदस्य उज्जवल अधिकारीको सभापतित्वमा विद्यालयको प्राडगणमा आज भव्य कार्यक्रम सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ९ का अध्यक्ष श्याम कृष्ण महर्जन, विद्यालयकी प्रधानाध्यापक कल्पना सापकोटा, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधीकारी तथा सदस्यहरु र विद्यालयमा अध्ययनरत महिला विद्यार्थीहरु लगायतको उपस्थीति रहेको थियो । कार्यक्रममा महिला विद्यालयका विद्यार्थीहरुले बिभिन्न गित, कबिता लगायत मनोरञ्जनात्मक कार्यक्रम समेत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गदै तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले आफुहरुको कार्यकालमा महिला विद्यालयबाट एसईई परिक्षा दिने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साथै उहाँले विद्यालय सञ्चालनका लागि आवश्यकपर्ने बजेटका लागि नगरपालिका सहयोग गर्न सदैब तयार रहेको बताँउदै विद्यालय सुधारका लागि विद्यालय प्रशासन र व्यवस्थापन समितिका अध्यक्ष उज्जवल अधिकारी सहितको टिमको मेहनत प्रशंसनीय रहेको बताउनुभयो ।

कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ९ का अध्यक्ष श्याम कृष्ण महर्जनले विद्यालयको शैक्षिक सुधारका लागि वडा सदैब लागि परेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं न्यायीक समितिका सदस्य उज्जवल अधिकारीले विद्यालयको शैक्षिक र भौतिक विकासमा लागि परेको बताँउदै तारकेश्वर नगरपालिकाबाट समेत विद्यालयका निम्ती उचित सहयोग पाँउदै आएको बताउनुभयो ।
साथै अधिकारीले तारकेश्वर नगरपालिकाको १७ औं नगरसभाले महिला विद्यालयलाई विशेष विद्यालय घोषणा गरी विद्यालयको भौतिक सुधारका लागि उचित बजेट बिनियोजन गरिसकीएको बताउनुभयो ।
मनमैजु महिला विद्यालय तारकेश्वरकै नमुना विद्यालय रहेको बताँउदै अधिकारीले विद्यालय स्थापना काल देखि योग्दान दिनुभएको संस्थापकहरुको भेला गरेर विद्यालयले उचित सहयोग माग गर्ने बताउनुभयो ।कार्यक्रममा पुर्व संस्थापकहरुको तर्फबाट विद्यालयकी संस्थापक सदस्य निता खड्काले विद्यालय स्थापनाका क्रममा निकै संघर्ष गरेको स्मरण गदै विद्यालयको अहिलेको भौतिक र शैक्षिक उन्नतीबाट आफुहरु हर्षित रहेको बताउनुभयो ।
विद्यालयको अझै उन्नती प्रगति भएको हेर्न चाहेको बताँउदै खड्काले विद्यालय परिवारलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कल्पना सापकोटाले स्वागत मन्तव्य राख्नु भएको थियो भने विद्यालयकी शिक्षिका कविता अधिकारीले कार्यक्रम संचालन गर्नुभएको थियो ।
कार्यक्रमका तस्वीरहरु



fgfg


प्रतिक्रिया दिनुहोस्