रबिन थपलिया । काठमाण्डौं । भाद्र ३ । नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति, काठमाण्डौं ६ ख ले बिगतका बर्ष झै यस बर्ष पनि भोली भाद ४ गते तिज विशेष कार्यक्रम गर्ने भएको छ ।
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं नेपाल महिला संघका पुर्व केन्द्रिय अध्यक्ष डा. डिला संग्रौलाको प्रमुख आतिथ्यतामा टोखा नगरपालिका वडा नं १ झोरको झरना पार्टी प्यालेसमा विहान ११ बजे कार्यक्रम आयोजना गरिएको नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति, काठमाण्डौं ६ ख का सभापति बिष्णुभक्त तिमिल्सीनाले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्र देखि स्थानीय तह सम्मका नेता, कार्यकर्ता, सुभेच्छुक संस्थाका प्रतिनिधिहरु लगायत काँग्रेसलाई मायाँ गर्ने महिलाहरुको उपस्थीति रहनेछ नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति, काठमाण्डौं ६ ख का प्रवक्ता उज्जवल अधिकारीले बताउनुुभयो ।
तीज विशेष कार्यक्रममा महिला दिदिवहिनिहरुलाई दरखाने कार्यक्रमका साथै बिभिन्न कलाकारहरुको साङगीतिक प्रस्तुती समेत रहने कार्यसमितिका सचिब झंकनाथ घिमिरेले बताउनुभयो ।
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति, काठमाण्डौं ६ ख का कोषाध्यक्ष बिनोद देवकोटाले कार्यक्रममा सहभागी महिला दिदि वहिनिहरुका निम्ती कुनै पनि शुल्क नलाग्ने बताँउदै नेपाली काँग्रेसप्रति आस्थावान सवैलाई तिज विशेष कार्यक्रमका सहभागीताका निम्ती आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति, काठमाण्डौं ६ ख मा प्रदेश सभापति बिष्णु भक्त तिमिल्सीनाको टिम निर्वाचीत भएर आएयता बिगत ७ बर्ष देखि तिज विशेष कार्यक्रम निरन्तर चल्दै आइरहेको छ । नेपाली काँग्रेसको बाग्मती प्रदेश भित्रका संगठनहरु मध्यमा सबै भन्दा बढी चलायमान प्रदेश निर्वाचन कार्यसमितिको रुपमा परिचित यस प्रदेश कार्यसमितिले नेपाली काँग्रेसको बिधान बमोजिम नेपालमानै पहिलो पटक प्रदेश निर्वाचन प्रोफायल समेत तयार गरीसकेको छ ।
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति काठमाण्डौं ६ ख ले भोली तिज कार्यक्रम गदै


प्रतिक्रिया दिनुहोस्