हैजाले दुईजनाको मृत्यु र सयौँ बिरामी परेपछि पर्साको वीरगन्ज क्षेत्रका विद्यालय दुई दिनका लागि बन्द

Sagarmatha Post
Sagarmatha Post ८ भाद्र २०८२, आईतवार
2 Min Read
Aa

हैजाले दुईजनाको मृत्यु र सयौँ बिरामी परेपछि पर्साको वीरगन्ज क्षेत्रका विद्यालय दुई दिनका लागि बन्द गरिएको छ।हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि वीरगन्ज महानगरपालिकाले सम्पूर्ण शैक्षिक संस्था दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको हो। महानगरको शैक्षिक प्रशासन महाशाखाको सूचना जारी गर्दै आइतबार र सोमबार दुई दिन सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालहरूको पठपाठन बन्द हुने जनाएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरका अनुसार अहिलेसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत ४२ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ। अहिलेसम्म हैजाकाे लक्षण दखिएका दुई जनाको मृत्यु भएकाे छ। तर उनीहरूकाे मृत्यु हैजाकै कारण भए नभएकाे यकिन हुन बाँकी छ।मृत्यु हुनेमा पोखरियानगरपालिका-९ की एक महिला र वीरगन्ज महानगरपालिका-१२ का एक पुरुष रहेका छन्। हाल वीरगन्ज क्षेत्रका विभिन्न अस्पतालमा हैजासँग मिल्दोजुल्दो लक्षण भएका एकसय २९ जना बिरामीको उपचार भइरहेको छ।

वीरगन्ज महानगरको वडा नम्बर ११, १२, १३ र १६ मा हैजाको संक्रमण बढी देखिएकाे स्वास्थ्यकर्मीले बताएका छन्।हैजाको संक्रमण देखिएका क्षेत्रमा महानगरले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ।बिरामीमा निरन्तर झाडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, आँखा गाडिने, मांसपेसी दुख्ने र ज्वरो आउने जस्ता समस्या देखिएको छ। हैजाको संक्रमण देखिएका ११ ठाउँको पानीका् नमुना परीक्षणका लागि टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको छ।

हैजाका लागि जिम्मेवार मानिएको भिब्रिओ कोलेरा जीवाणु रोकथामका लागि सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, पेसागत सङ्घसंस्था, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्थालगायतको समन्वयमा आवश्यक सामग्रीको व्यवस्थापन गरी जागरण अभियानसमेत सञ्चालन गरिएकाे वीरगन्ज महानगरपालिकाले जनाएको छ

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्