शुभम इन्टरनेश्नल अस्पताल भोलीदेखी अत्याधुनीक सेवा सहित पुर्ण क्षमतामा संचालनमा आउने, पुर्व राष्ट्रपतिले उदघाटन गदै

Sagarmatha Post
Sagarmatha Post ११ भाद्र २०८२, बुधबार
1 Min Read
Aa

रबिन थपलिया ।  काठमाण्डौं ।“आधुनिक उपचार आत्मिय सेवा हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ तारकेश्वर नगरपालिका वडा नं १० लोकतान्त्रीकचोक स्थीत शुभम इन्टरनेश्नल अस्पताल भोली देखि अत्याधुनीक सेवा सहित पुर्ण क्षमतामा संचालनमा आउने भएको छ ।
भोली भाद्र १२ गते ११ बजे एक विशेष समारोहका बिच नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादबबाट अस्पतालको उदघाटन गर्ने कार्यक्रम रहेको अस्पतालका अध्यक्ष डा केदार नरसिंह केसीले जानकारी दिनुभयो । करिब १५ करोडको लगानीमा दुई बर्ष अगाडी स्थापना भएको यस अस्पतालमा आकस्मीक सेवा, ल्याब, ओपीडी र फार्मेसी लगायतको सेवा मात्र संचालनमा रहेको थियो ।
उदघाटन पछि भोलीदेखि हस्पिटलले २४ सैं घण्टा इमरजेन्सी सेवा, बहिरंग तथा अन्तरंग सेवा, अत्याधुनिक ल्याबोटरी तथा डाइग्नोष्टिक सेवा, फार्मेसी सेवा, सामान्य र प्रमुख शल्यक्रिया सेवा, आइसीयु, इसडियू सेवा र रेडियोलोजी–डाइग्नोष्टिक सेवा (एक्स–रे, इसिएचओ, अल्ट्रासाउन्ड, कोलोनोस्कोप, इन्डोस्कोपी) प्रदान गर्ने डा. केसीले बताउनुभयो ।
अस्पतालमा डा. केसी सहित दक्ष र अनुभवी वरिष्ठ चिकित्सक तथा प्रतिष्ठित व्यक्तिहरूको लगानी रहेको छ । शुभम इन्टरनेश्नल अस्पतालमा ७ वटा आईसीयु, २ वटा भेन्टीलेटर सहित २४ शैया सहित पुर्ण क्षमतामा संचालनमा आउनेछ ।
अस्पतालका अध्यक्ष डा.केदार नरसिंह केसीले अस्पताल उदघाटनको सम्पुर्ण तयारी पुरा भएको बताँउदै कार्यक्रममा उपस्थितिका लागि सबैलाई निमन्त्रणा गर्नुभयो ।

May be a graphic of text

sdfd

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्