काठमाडौँ । काभ्रेको रोशी गाउँपालिकाको दुई ठाउँमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ ।
रोशी गाउँपालिका वडा नम्बर–९ स्थित बिरुवा डाँडा र वडा नम्बर–११ स्थित पिपलबोटमा लेदो सहितको पहिरो आएको हो।
घटनास्थलमा ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालय मंगलटारको टिम परिचालन गरिएको छ । जेसीबीको सहायताले राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ।
दुईतर्फी बाटो अवरुद्ध भएको स्थान मंगलटारबाट २ सय मिटरेको दुरीमा पर्छ ।
पहिरोले बीपी राजमार्ग अवरुद्ध


प्रतिक्रिया दिनुहोस्