पुर्व राष्ट्रपतिद्धारा शुभम इन्टरनेश्नल अस्पताल उद्धघाटन, आज देखि अत्याधुनीक सेवा सहित पुर्ण क्षमतामा संचालनमा

Sagarmatha Post
Sagarmatha Post १२ भाद्र २०८२, बिहीबार
5 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । “आधुनिक उपचार आत्मिय सेवा हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ स्थापना भएको तारकेश्वर नगरपालिका वडा नं १० लोकतान्त्रीकचोक स्थीत शुभम इन्टरनेश्नल अस्पताल आज देखि अत्याधुनीक सेवा सहित पुर्ण क्षमतामा संचालनमा आएको छ ।
नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादबले आज एक समारोहका बिच अस्पतालको उदघाटन गर्नुभयो । अस्पताल उद्धघाटन गदै पूर्वराष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य र शिक्षा क्षेत्रको विकास भएमात्र देशको विकास हुने बताउनु भयो ।
भौतिक विकासभन्दा स्वास्थ्य र शिक्षाको विकास भएमात्र मुलुकको विकास हुने बताँउदै पूर्वराष्ट्रपति डा यादवले विस २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन भएको बताउनुभयो । “विस २०४६ सालको परिवर्तनपछि नेपालका गाउँगाउँमा स्वास्थ्य चौकीहरु पुगेका छन्, तर स्वास्थ्य उपचारमा भने अहिलेपनि सन्तुष्ट हुने ठाउँ छैन,”– उहाँले भन्नुभयो ।
उहाँले स्वास्थ्य उपचारका लागि विदेशमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न यस्ता अस्पतालले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अस्पताललाई व्यवसायीक रुपमा मात्र नभई समाजसेवाको क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्यमन्त्री अर्जुननरसिंह केसीले गाउँगाउँमा स्वास्थ्य क्षेत्रको पहुँच पुगेपनि सेवा पु¥याउन नसकिएको बताउनुभयो । उहाँले आफू स्वास्थ्यमन्त्री हुँदा जस्ता समस्या थिए हालसम्म पनि त्यस्तै समस्या रहिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
नेता केसीले दिनप्रतिदिन दक्ष चिकित्सकहरु विदेशीने क्रम बढेको भन्दै त्यसलाई रोक्नका लागि राज्यले ठोस कदम चाल्नुपर्ने उल्लेख गर्नुभयो ।
कांग्रेस नुवाकोटका पूर्वसभापति एवम् संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसीले काठमाडौँको उत्तरी क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्यसेवा प्रदान गर्न लाग्नुपर्ने बताउनुभयो ।
काठमाडौँ क्षेत्र नं ६ प्रदेस (ख) का सांसद एवं बाग्मती प्रदेशका पुर्व भौतिक पुर्वाधार मन्त्री इन्जिनीयर अमन कुमार मास्केले अत्याधुनीक सेवा सहित शुभम इन्टरनेश्नल अस्पतालको संचालनले स्वास्थ्य र सामाजिक पुर्वाधारको क्षेत्रमा इतिहाँस रच्ने बताँउदै तारकेश्वर र टोखाबासीले उपचारका लागि अव टिचिङ र बिर अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले अत्याधुनीक सेवा सहित संचालनका आएको शुभम इन्टरनेश्नल अस्पताल काठमाण्डौंको उत्तरी क्षेत्रको अब्बल अस्पताल रहेको बताँउदै यसले सर्बसुलभ रुपमा जनतालाई सेवा दिनेमा विश्वास व्यक्त गर्नुभयो ।
तारकेश्वर नगरपालिकाका निवर्तमान प्रमुख रामेश्वर बोहराले सुभम इन्टरनेश्नल अस्पतालले राष्ट्रिय रुपमा सेवा प्रदान गर्ने विश्वास व्यक्त गदै यस अस्पतालले स्थानिय भावनालाई समेत कदर गदै अगाडी बढन सुझाब दिनुभयो ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष डा केदारनरसिंह केसीले अस्पतालमा उपचारका लागि आएका विरामी आर्थिक अभावका कारण फर्कनुनपर्ने बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर वडा नं १० का वडा अध्यक्ष कुमार राई अत्याधुनीक सेवा सहित सेवा सुचारु गरेकोमा अस्पताललाई बधाई र सुभकामना व्यक्त गदै तारकेश्वर नगरवासीहरुलाई सहुलीयत दरमा उपचारको प्रबन्ध गराउन अस्पताललाई आग्रह गर्नुभयो । आफनै वडामा अध्याधुनीक सेवा सहितको अस्पताल संचालनमा आउनु निकै खुसीको कुरा रहेको बताँउदै वडा अध्यक्ष राईले अस्पतालबाट स्थानीयबासीले सहज तरिकाले सेवा पाउने अवसर मिलेको बताउनुभयो ।
नेपाली काँग्रेसका नेता एवं समाजसेवी इन्द्रमान महर्जनले अस्पतालको संचालनसंगै स्थानीयबासीहरुले सहज रुपमा उपचार गर्न पाउने बताँउदै नेपालका अन्य अस्पतालले भन्दा शुभम इन्टरनेश्नलले उत्कृष्ट सेवा प्रदान गर्नेमा विश्वास व्यक्तगर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुंदै अस्पतालका प्रवन्ध निर्देशक एवं बरिष्ठ युरोलोजीष्ट डा प्रदिप बिक्रम सिंहले बिगत केहि बर्ष देखि निरन्तर प्रयत्न र समर्पणका साथ आधुनीक र सुसज्जीत अस्पताल निर्माण गर्ने लक्ष्यले मुर्त रुप पाएकोमा खुसी लागेको बताँउदै आजको यस क्षण साँच्चीकै एतिहाँसीक र गौरबको क्षण भएको बताउनुभयो ।
कार्यक्रमलाई धन्यवात व्यक्त गदै अस्पतालका सञ्चालक सरोज केसीले स्थानीयबासीहरुको विश्वास र समर्थनले अस्पताल अगाडी बढन सहयोग पुग्ने बताँउदै स्थानीयबासीहरुको भाबनालाई कदर गदै अस्पतालले सेवा दिने बताउनुभयो ।
अग्रज पत्रकार राजन कुईकेलले सञ्चालन गर्नुभएको उदघाटन कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं २ का अध्यक्ष एवं तारकेश्वर नगरपालिकाका प्रवक्ता राधाकृष्ण खड्गी, तारकेश्वर नगरपालिका वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, काँग्रेस नेता कृष्ण मान श्रेष्ठ, सहित बिभिन्न सामाजिक, राजनैतिक, प्रशासनीक क्षेत्रका व्यक्तित्वहरु, चिकित्सकहरु सहित, टोलसुधार समिति तथा स्थानीयबासीहरुको उपस्थीति रहेको थियो ।
रु १५ करोडभन्दा बढी लगानीमा तारकेश्वर नगरपालिका वडा नं १० मा सञ्चालित उक्त अस्पताल आज देखि २४ शैयामा सञ्चालनमा आएको छ । दुई बर्ष अगाडी स्थापना भएको यस अस्पतालमा आकस्मीक सेवा, ल्याब, ओपीडी र फार्मेसी लगायतको सेवा मात्र संचालनमा रहेको थियो ।
उदघाटन पछि आज देखि हस्पिटलले २४ सैं घण्टा इमरजेन्सी सेवा, बहिरंग तथा अन्तरंग सेवा, अत्याधुनिक ल्याबोटरी तथा डाइग्नोष्टिक सेवा, फार्मेसी सेवा, सामान्य र प्रमुख शल्यक्रिया सेवा, आइसीयु, इसडियू सेवा र रेडियोलोजी–डाइग्नोष्टिक सेवा (एक्स–रे, इसिएचओ, अल्ट्रासाउन्ड, कोलोनोस्कोप, इन्डोस्कोपी) प्रदान गर्ने अस्पताल संचालक समितिका अध्यक्ष डा. केदार नरसिंह केसीले बताउनुभयो ।
अस्पतालमा डा. केसी सहित दक्ष र अनुभवी वरिष्ठ चिकित्सक तथा प्रतिष्ठित व्यक्तिहरूको लगानी रहेको छ । शुभम इन्टरनेश्नल अस्पतालमा ७ वटा आईसीयु, २ वटा भेन्टीलेटर सहित अत्याधुनीक प्रविधिमा संचालनमा आएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्