जेनजीहरूको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलीलागी काठमाण्डौंमा १५ जनाको मृत्यु, ५० भन्दा बढी गम्भीर घाईते

Sagarmatha Post
Sagarmatha Post २३ भाद्र २०८२, सोमबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा काठमाण्डौंमा १५ जनाको मृत्यु भएको छ । विहानै देखि देशका बिभिन्न भुभागहरुमा जेनजीहरुले प्रर्दशन जारी राखेका छन् ।
प्रर्दशनका क्रममा प्रहरीले चलाएको गोलीलागी ट्रमा सेन्टरमा ७ जना, सिभिल अस्पतालमा ३, एभरेस्ट अस्पतालमा ३ ,केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ गरी १५ जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रदर्शनका क्रममा मृत्युहुनेहरुको एकिन बिबरण भने प्राप्त भईसकेको छैन् । प्रर्दशनका क्रममा ५० जना भन्दा बढी गम्भीर घाइते भएका छन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्