काठमाण्डौं , नेकपा एमाले तारकेश्वर १० का अध्यक्ष श्याम महर्जनले नेकपा एमाले परित्यागको घोषणा गरेका छन् । महर्जनले सामाजिक सञ्जाल फेसबुक मार्फत केहिबेर अघि एमाले त्याग गरेको घोषणा गरेका हुन् ।
नेपालमा दशकौँदेखि निरन्तर नेतृत्व गरिरहेका पुराना राजनीतिक पात्रहरूले युवाको भविष्यप्रति देखाएको बेवास्ता र उदासीनताले सम्पूर्ण पुस्तालाई निराश बनाएको बताँउदै महर्जनले अबदेखि आफुले समाजलाई र युवालाई नेतृत्व गर्ने फरक बाटो रोजेको बताए ।
नयाँ विचार, नयाँ दृष्टि र युवाको वास्तविक आवाजसहितको दृढ विश्वास रहेको बताँउदै महर्जनले एक दिन युवाहरूले नै यो राष्ट्रलाई नेतृत्व गर्नेछौँ र त्यो नेतृत्व केवल नारामै सीमित नभई व्यवहारमै देशलाई नयाँ दिशातर्फ अघि बढाउने बताए ।
यस्तो छ महर्जनको पार्टी परित्यागको घोषणा
नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे गहिरो मनन गर्दै म श्याम महर्जन आजैको मितिदेखि नेकपा एमालेको साधारण सदस्य समेत नरहेको जानकारी गराउँछु।
नेपालमा दशकौँदेखि निरन्तर नेतृत्व गरिरहेका पुराना राजनीतिक पात्रहरूले युवाको भविष्यप्रति देखाएको बेवास्ता र उदासीनताले मलाई मात्र होइन, सम्पूर्ण पुस्तालाई निराश बनाएको छ। देशमा दिन प्रतिदिन देखिँदो भ्रष्टाचार, अवसरको अभाव, र युवाको आवाजलाई दबाउने प्रवृत्तिले अब सहनसक्ने सीमा पार गरिसकेको छ।
यही कारणले, यो राजीनामा कुनै पलायन होइन, बरु नयाँ यात्राको सुरुवात हो।
अबदेखि म समाजलाई र युवालाई नेतृत्व गर्ने फरक बाटो रोज्नेछु, नयाँ विचार, नयाँ दृष्टि र युवाको वास्तविक आवाजसहित। मलाई दृढ विश्वास छ, एक दिन हामी युवाहरूले नै यो राष्ट्रलाई नेतृत्व गर्नेछौँ, र त्यो नेतृत्व केवल नारामै सीमित नभई व्यवहारमै देशलाई नयाँ दिशातर्फ अघि बढाउनेछ।
यस यात्रामा मलाई आजसम्म साथ, विश्वास र प्रेरणा प्रदान गर्ने सम्पूर्ण साथीहरू, अभिभावक, शुभेच्छुक र आम नागरिकहरूलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्दछु।
नेकपा एमाले तारकेश्वर १० का अध्यक्ष श्याम महर्जनद्धारा एमाले परित्यागको घोषणा


प्रतिक्रिया दिनुहोस्