तारकेश्वरमा नगरप्रमुख कृष्ण हरि महर्जनको आब्हानमा सर्वदलीय बैठक सम्पन्न, बैठकले गर्यो यस्तो निर्णय

Sagarmatha Post
Sagarmatha Post २७ भाद्र २०८२, शुक्रबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । जेनजी आन्दोलन पछि देशमा अन्योलको अवस्था खडा भईरहेको अवस्थामा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले जेनजी आन्दोलनका क्रममा तारकेश्वरमा भएको भौतिक क्षती, लुटपाट र तोडफोडका कारण उत्पन्न भएको असहज परिस्थीतिको बारेमा छलफल गर्न सर्वदलीय बैठक आयोजना गर्नुभएको छ ।
तारकेश्वर नगरपालिकाको सभाहलमा आज अपहनन आयोजना गरिएको बैठकका नेपाली काँग्रेस, नेकपा एमाले, माओबादी केन्द र राष्ट्रिय स्वतन्त्र पार्टी सहित नागरिक समाज, जनप्रतिनिधिहरु, पत्रकार तथा संचारकर्मी लगायतको उपस्थीती रहेको थियो ।

May be an image of 1 person, smiling and hat
बैठकमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले व्यक्तिगत दुस्मनीका कारण नगरपालिकामा तोडफोड भएको बताँउदै नगरपालिकामा भएको तोडफोड र आफुमाथीको आक्रमणको प्रयासबाट कदापी बिचलीत नहुने बताउनुभयो ।
आन्दोलनकारीको नाममा आफ्नो भौतिक सम्पत्ती र व्यवसायमा समेत क्षती गर्ने उदेश्य सहितको प्रयास भएपनि उनिहरु सफल नभएको बताँउदै नगरप्रमुख महर्जनले नगरवासीको हितका लागि आफु मर्न तयार रहेको बताउनुभयो ।

May be an image of 1 person and flute
बैठकमा नेकपा एमाले तारकेश्वरका अध्यक्ष बासु गौतमले आन्दोलन पछि तारकेश्वरका ११ वटै वडाहरुमा असुरक्षा बढेको बताँउदै वडा अध्यक्षको संयोजकत्वमा सबै वडाहरुमा सुरक्षा समिति गठन गर्नुपर्ने बताउनुभयो । बिदेशी चलखेलका कारण व्यवस्थानै संकटमा पुगेको बताँउदै व्यवस्था बचाउन आन्दोलनको मैदानमा उत्रिनुपर्ने बताउनुभयो ।

May be an image of 1 person, ice cream and text
नेकपा माओबादी तारकेश्वरका नगर अध्यक्ष जगन्नाथ राजबाहकले जेनजी आन्दोलन पछि नगरपालिका भित्र असुरक्षाको त्रास बढेको समयमा बैठक डाकिएकोमा धन्यवात व्यक्त गदै यस गम्भीर अवस्थामा नगरपालिकालाई साथ दिन तयार रहेको बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वरका सभापति बिनोद चापागाँईले जेनजी आन्दोलन पछि तारकेश्वर नगरपालिका जिम्मेवार बनेर राजनैतिक छलफल कार्यक्रम आयोजना गरेकोमा धन्यवात दिंदै तारकेश्वरका नागरिकहरुलाई सेवा प्रवाह नियमीत गर्नका निम्ती आफुहरुले पार्टीगत र नगरवासीको हिसाबले हर प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जेनजी आन्दोलनका क्रममा भएको तोडफोडमा आफनो पार्टीको कुनै संलग्नता नरहेको बताँउदै सभापती चापागाँईले कोहि संलग्न भएको पाईएमा संलग्न व्यक्तिको स्वयम जिम्मेवार रहने बताउनुभयो ।
बैठकमा तारकेश्वर नगरपालिकामा चुनाव लडने सबै पार्टीलाई आमन्त्रण गरिएपनि राप्रपा, नेमकिपा लगायतका पार्टीहरु भने उपस्थीत भएनन् ।
बैठकमा जेनजी आन्दोलनका क्रममा तारकेश्वर नगरपालिकाका तथा वडा कार्यालयहरुमा भएको तोडफोड, प्रहरी चौकी र सार्वजनीक सम्पत्तीको क्षती,जनप्रतिनिधि र उनिहरुको निजि सम्पत्ती माथी भएको क्षतीको बारेमा छलफल भएको थियो । सो क्रममा बैठकमा सहभागी भएका वडा अध्यक्षहरुले आफ्नो वडामा भएको क्षतीहरुको बारेमा बिस्तृत जानकारी गराउनुभएको थियो ।
सर्वदलिय बैठकमा जेनजी आन्दोलनका नाममा तारकेश्वर नगरपालिकाको कार्यालयमा भएको आगजनी, तोडफोड तथा वडा नं १, ४, १० र ११ मा भएको क्षतीको बारेमा छानविन गर्नका लागि लक्ष्मण तिमिल्सीनाको संयोजकत्वमा छानविन समिति तथा नारायण सापकोटाको संयोजकत्वमा तारकेश्वर नागरिक सुरक्षा समिति गठन गरिएको छ । दुवै समितिमा जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधिहरु, नागरिक समाज, पत्रकार तथा संचारकर्मी, सुरक्षाकर्मी र कानुन व्यवसायी लगायत रहने छन् । त्यस्तै उक्त समितिहरुको संरक्षकमा नगरप्रमुख, प्रमुख सल्लाहकारमा उपप्रमुख रहने छन् ।

May be an image of 7 people and text

May be an image of 8 people and people smiling

May be an image of 4 people and text

May be an image of 4 people, dais and text

May be an image of 5 people and text

May be an image of 4 people, beard and people smiling

May be an image of 5 people and dais

May be an image of 1 person

May be an image of 1 personMay be an image of 1 personMay be an image of 1 person, dais and text

May be an image of 2 people and people studying

fgfg

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्