काठमाण्डौं । तारकेश्वर नगरपालिकाको दैनिक सेवा भोली देखि सुचारु हुने भएको छ । जेनजी आन्दोलन पछि अबरुद्ध सेवाहरु भोली देखि सुरु गर्न लागिएको तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले बताउनुभयो । आन्दोलनका नाममा उत्सुडखल समुहको तोडफोड र आगजनीका कारण तारकेश्वर नगरपालिकाको वडा नं ४,१० र ११ पुर्ण रुपमा क्षती पुगेको छ । क्षती पुगेको उक्त वडाहरुको हकमा वडा कार्यालयले जारी गरेको सुचनाको आधारमा सेवा सुचारु हुने उल्लेख गदै नगरपालिकाको कार्यालय र बाँकी अन्य वडाहरुमा भने भोली देखि सेवा सुरु हुने तारकेश्वर नगरपालिकाले जनाएको छ ।
सेवा सुचारु गर्नुपुर्व तारकेश्वर नगरपालिकामा आज सरसफाई गरिएको छ । नगरप्रहरी, जनप्रतिनिधि र कर्मचारीहरु सरसफाईमा सहभागी भएका छन् । यस अघि तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले नगरपालिका तथा वडा कार्यालयहरुमा भएको तोडफोड र आगजनीका बिषयमा सर्वदलीय बैठक राख्नुभएको थियो । सो क्रममा राजनैतिक दलका नेताहरुले आन्दोलनको नाममा उत्सृडखल समुहले नगरपालिका र वडा कार्यालयमा तोडफोड गरेको भन्दै त्यसको निस्पक्ष छानविन र घटनामा संलग्नलाई कारबाहीको माग समेत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्