काठमाण्डौं । जेनजी आन्दोलनका कारण तोडफोड र आगजनी भएको भाटभटेनीका १२ वटा स्टोर अझै सञ्चालनमा आउन सकेका छैनन्। भाटभटेनीका २८ मध्ये १२ वटा सुपरस्टोरमा चोरी डकैतीपछि आगजनी गरी पूर्ण क्षति पुर्याइएको थियो। नौ वटामा तोडफोड तथा चोरी डकैती र ७ वटामा क्षति पुगेको थिएन। यसमध्ये अहिले भाटभटेनीले १६ वटा स्टोर पुनः सञ्चालनमा ल्याएको छ भने १२ वटा अहिलेलाई बन्द छन्। सञ्चालनमा आउन नसकेपनि भाटभटेनीमा कुनै पनि कर्मचारीले जागिर तथा सेवा सुविधा गुमाउन नपर्ने भाटभटेनी सुपरस्टोरले जनाएको छ। भाटभटेनीमा १० हजार कर्मचारी आबद्ध छन्। अधिकांश भाटभटेनीमा प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगलागी भएसँगै त्यहाँ कर्मचारीको रोजगारी गुम्ने अनुमान लगाइएको थियो। भाटभटेनी सुपरस्टोरका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले यो घटनापछि कुनै पनि कर्मचारी नहटाइएको जानकारी गराएका छन्।
सञ्चालनमा आउन नसकेपनि भाटभटेनीमा कुनै पनि स्टोरका कर्मचारीले जागिर तथा सेवा सुविधा गुमाउन नपर्ने


प्रतिक्रिया दिनुहोस्