रबिन थपलिया , काठमाण्डौं । संविधान दिवसको अवसरमा नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ ले दिप प्रज्वल कार्यक्रम आयोजना गरेको छ । आज साँझ गोंगबु चोकमा आयोजना गरिएको कार्यक्रममा नेपाली काँग्रेसका नेता, पुर्व रक्षा मन्त्री भिमसेनदास प्रधान, बाग्मती प्रदेशसभा सदस्य हरिप्रभा खड्गी, नेपाली काँग्रेस काठमाण्डौंका जिल्ला सभापति कृष्ण सबुज बानियाँ, नेपाली काँग्रेस क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गी, नेपाली काँग्रेस बाग्मती प्रदेशका नेता इन्द्रमान महर्जन, नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ क का सभापति ख्यामराज तिवारी, ख का सभापति बिष्णुभक्त तिमिल्सीना, तारकेश्वर नगरसभापति एवं नगरप्रमुख कृष्ण हरि महर्जन, टोखा नगरसभापति ओमकृष्ण बिमली, सहित नेपाली काँग्रेसका भातृसंगठन, सुभेच्छुक संस्था, काँग्रेसबाट निर्वाचीत स्थानीय निकायका जनप्रतिनिधिहरु, सुभेच्छुक लगायतको उपस्थीति रहेको थियो ।
सो अवसरमा पुर्व रक्षा मन्त्री भिमसेनदास प्रधानले मुलकु र नेपाली काँग्रेस अहिले खतरामा रहेको बताँउदै काँग्रेस जन एक भएर यो संकटपुर्ण अवस्थाबाट मुलुक र पार्टीलाई बचाउनुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेस क्षेत्र नं ६ का सभापति श्याम कृष्ण खड्गीले संविधानको केहि धारामा बादल लागेको बताँउदै त्यसलाई हटाउन सबै लागिपर्नुपर्ने बताउनुभयो ।





fghf


प्रतिक्रिया दिनुहोस्