काठमाण्डौं । तारकेश्वर नगरपालिका सहित महानगरपालिकाको बालाजु माछापोखरी सम्मको सेवा दिने ट्राफिक प्रहरी प्रभाग नेपालटार आज देखि पुनः संचालनमा आएको छ ।
जेनजे युवाहरुको आन्दोलनका क्रममा आगजनीबाट पूर्णरुपमा क्षति भएको तारकेश्वर नगरपालिका–११ स्थित नेपालटार ट्राफिक प्रहरी प्रभागले आज देखि सेवा सुचारु गरेको हो ।
तारकेश्वर नगरपालिका वडा नं ११ का अध्यक्ष कबिराज बस्नेतको सक्रियतामा पुन संचालनमा आएको ट्राफिक प्रभागको आज ताला चाबी हस्तान्तरण गरेर संचालनमा ल्याईएको हो । कार्यक्रममा उपत्यका प्रहरी कार्यालयका डिआइजी ओम बहादुर राना, ट्राफिक महाशाखका प्रमुख,एसएसपी नवराज अधिकारी, तारकेश्वर नगरपालिका वडा नं ११ का अध्यक्ष कबिराज बस्नेतबालाजु वृत्तका डिएसपी,प्रहरी निरिक्षक अर्पुव ढुंगाना, लगायतको उपस्थिति रहेको थियो।




तस्वीर सबिन गौतम


प्रतिक्रिया दिनुहोस्