मन्त्रालयको गैरजिम्मेवारी, बदनाम खेप्ने नगरप्रमुख ! किन भएन तारकेश्वरमा लामो समय देखि भुक्तानी, कारण यस्तो ?

Sagarmatha Post
Sagarmatha Post ७ आश्विन २०८२, मंगलवार
7 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकामा कर्मचारीहरुले करिब ३ महिना देखि तलब पाउन नसकेको तथा निर्माण व्यवसायीहरुले समेत समयमा भुक्तानी नपाएको भन्दै सामाजिक सञ्जालामा आग्रह/पुर्वाग्रह सहित जनप्रतिनिधिहरुको आलोचना भईरहंदा हल्ला र बास्तवीकतामा भने फरक भेटिएको छ । बडा दशैंमा समेत नगरपालिकाबाट भुक्तानी नहुने अवस्था देखिएको भन्दै स्काभेटर र मालबाहक ट्रक तथा टिफर समेत नगरपालिकालाई बुझाउने चेतावनी सहित नगरप्रमुख कृष्ण हरि महर्जनलाई भेटन आज नगरपालिका पुगेका ५० भन्दा बढी निर्माण व्यवसायीले भुक्तानी नहुनुकोे बास्तवीकता बुझेपछि त्यसको समाधान गर्न आफै तम्सीएका छन् ।
निर्माण व्यवसायी युवराज तिवारीको नेतृत्वमा नगरपालिका पुगेका निर्माण व्यवसायीले नगरप्रमुख महर्जनलाई भेट गरी अविलम्ब भुक्तानीको माग गदै ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा तारकेश्वर नगरपालिका भित्र पछिल्लो बर्षहरुमा सडक, ढल निकास प्रणाली, शैक्षिक पूर्वाधार, खानेपानी आयोजना, सार्वजनीक भबन तथा अन्य आधारभूत संरचना विकासका कामहरु सम्पन्न भएतापनि ति कार्यहरुको करिब ३० करोड रुपयाँ भन्दा बढी भुक्तानी रोकिएका कारण व्यवसायी, श्रमिक र आपूर्तिकर्ता गम्भीर आर्थिक संकटमा परेको उल्लेख छ ।
व्यवसायीहरुको ज्ञापनपत्र बुझदै नगरप्रमुखले व्यवसायीको मागहरु प्रति आफु सकारात्मक रहेपनि प्रमुख प्रशासकिय अधिकृत ईश्वर प्रसाद आचार्य जानकारी बिनानै लामो समय देखि बिदामा बस्दामा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो “प्रमुख प्रशासकिय अधिकृत असार मसान्त देखिनै नगरपालिकामा आधिकारीक जानकारी नदिई सम्पर्क विहिन हुनुभयो, हामीले सो कुरा मन्त्रालयलाई पत्र लेखेरै जानकारी गराएका छौं । मन्त्रालयले यस बिषयमा चासो नराख्दा चाडबाडको समयमा निर्माण व्यवसायी र कर्मचारीलाई भुक्तानी गर्न समस्या भयो”
नगरप्रमुख मर्हजनले चाडबाडको समयमा निरासा नबनाउने गरि समाधानको बाटो खोज्न प्रयत्नरत रहेको बताउनुभयो ।
मन्त्रालयको गैरजिम्मेवारीले निम्त्यो समस्या
तारकेश्वर नगरपालिकामा असारको भुक्तानीको खाता रोकिएसंगै प्रमुख प्रशासकिय अधिकृत ईश्वर प्रसाद आचार्य नगरपालिकामा आउन छाडनुभयो । साउनको ६ गते सम्म पनि आचार्य नगरपालिकामा हाजिर नभएपछि नगरप्रमुख कृष्ण हरि महर्जनले मिति २०८२ साउन ७ गते मन्त्रालयलाई पत्र लेखि प्रमुख प्रशासकिय अधिकृतले स्वीकृति बिना नगरपालिकामा हाजिरी नभएको र त्यसले दैनिक कामकाजीमा समेत समस्या भएको भन्दै हाजिरीको प्रतिलिपि सहित मन्त्रालयलाई पत्र लेखेको देखिन्छ ।
हेर्नुहोस नगरपालिकाले मन्त्रालयलाई लेखेको पत्रको प्रतिलिपि

May be an image of ticket stub and text

नगरपालिकाले मन्त्रालयलाई पत्र लेखेपछि प्रमुख प्रशासकिय अधिकृत ईश्वर प्रसाद आचार्यले त्यसको भोलीपल्ट साउन ८ गते संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेर विदा स्वीकृतिका लागि पत्र पेश गर्नुभएको थियो । आचार्यको निबेदन अनुसार मन्त्रालयले मिति २०८२ साउन ११ गते सचिब स्तरीय निर्णय गदै आचार्यले निबेदन दिएको भन्दा ८ दिन अगाडी अर्थात २०८२ साउन १ गते देखि १६ गते सम्म घर बिदा स्वीकृति गरेको देखिन्छ ।

हेर्नुहोस मन्त्रालयले दिएको आचार्यलाई घर बिदा स्वीकृतिको पत्रको प्रतिलिपि

May be an image of ticket stub, map and text

मन्त्रालयको उक्त पत्रको आधारमा साउन १६ गते सम्म प्रमुख प्रशासकिय अधिकृतको घर बिदा स्वीकृत भएपनि त्यस यता उहाँ न नगरपालिका आउनु भएको छ न त मन्त्रालयले नै नयाँ प्रमुख प्रशासकिय अधिकृत पठाएको छ । प्रशासकिय अधिकृत नगरपालिकामा नहुंदा कर्मचारीको तलब, भुक्तानी देखि आर्थिक बर्षको नयाँ बजेट समेत कार्यान्वयनमा आउन सकिरहेको छैन् ।

May be an image of 2 people and text

कर्मचारीको तलब बाहेक अरु भुक्तानी गर्न सकिन्न् : प्रमुख प्रशासकिय अधिकृत आचार्य
नगरपालिकामा ज्ञापनपत्र बुझाउनका लागि पुगेका निर्माण व्यवसायीहरुलाई नगरप्रमुख कृष्ण हरि महर्जनले भुक्तानीका लागि आफु सकारात्मक रहेको भएपनि प्रमुख प्रशासकिय अधिकृत नआँउदा भुक्तानी हुन नसकेको बताएपछि सञ्चारकर्मीहरुले आचार्यसंग टेलिफोन सम्पर्क गरेका थिए । सो क्रममा आचार्यले नगरप्रमुखसंग भुक्तानीका बिषयमा असमझदारी भएको र आफु असुरक्षित रहेकाले नगरपालिकामा आउन नसकेको बताउनुभयो । उहाँले दशैंको समयमा लामो समय देखि रोकिएको कर्मचारीहरुको तलब खुवाउन आफु तयार रहेको बताँउदै अन्य भुक्तानी दिन नसकिने बताउनुभयो । अधिकृत आचार्यले आफु नगरपालिकामा आँउदा असुरक्षित रहेको बताईरहंदा उहाँ को बाट असुरक्षित भएको भन्ने केहि खुलाउनु भएन् । मेयरको चेम्बरमा उपस्थीत सञ्चारकर्मी र निर्माण व्यवसायी बिचमानै टेलिफोन सम्बादमा रहनु भएका आचार्यलाई त्यस बिषयमा नगरप्रमुखसंग बोल्न आग्रह गर्दामा टेलिफोन बिच्छेद गर्नुभयो ।
प्रमुख प्रशासकिय अधिकृतको उक्त भनाई पछि आक्रोशीत बनेका निर्माण व्यवसायीहरु समस्याको कारण नगरप्रमुख नभई प्रमुख प्रशासकिय अधिकृतनै रहेको भन्दै संघिय मामिला मन्त्रालयको जिम्मेवारी समेत पाउनुभएका अर्थमन्त्री रामेश्वर खनाल समेतलाई टेलिफोन गरी उक्त कुराको जानकारी गराएका थिए ।
मन्त्रीसंग समन्वय गरेर अबिलम्भ समाधानको बाटो खोज्छौं : संघिय मामिला मन्त्रालय
प्रमुख प्रशाकिय अधिकृत आचार्यको कुरा सुनेपछि आक्रोसीत निर्माण व्यवसायीहरुले नगरप्रमुखकै कार्यकक्षबाट संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी पाउनु भएका अर्थमन्त्री रामेश्वर खनाल, संघिय मामिलम तथा सामान्य प्रशासन मन्त्रालयका सचिब रबिलाल पन्थ तथा मन्त्रालयको स्थानीय निकाय हेर्ने महाशाखाकी प्रमुख पार्वती शर्मा समेतलाई सम्पर्क गरेर आफुहरुको भुक्तानी दशैं अगाडीनै गर्ने व्यवस्था गरिदिन अनुरोध गरेका छन् ।
सो क्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिब रबिलाल पन्थले दुई दिन अघि मात्र तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन र प्रमुख प्रशासकिय अधिकृत ईश्वरराज आचार्यबिच छलफल गराएर आचार्यलाई नगरपालिकामा र्फकन सहमत गराएको बताउनुभयो । मन्त्रालयमा आचार्य तारकेश्वर नगरपालिका र्फकने र उहाँलाई स्वतन्त्रतापुर्वक काम गर्ने वातावरण नगरप्रमुखले मिलाउने सहमती गरेर पठाएका हौं सचिब पन्थले भन्नुभयो सहमती अनुसार उहाँ नगरपालिका नजानु भएको भए आज साँझ सम्म मन्त्री ज्यूसंग छलफल गरेर त्यसको समाधानको बाटो खोजीने बताउनुभयो ।
महाशाखाकी प्रमुख पार्वती शर्माले तारकेश्वरको समस्याको बिषयमा आफु जानकार रहेको र त्यसको समाधानका लागि लागी परेको बताउनुभयो ।
मन्त्रालयको भूमिकानै गम्भीर प्रश्न
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी पुर्व मन्त्री भगवनी न्यौपानेले देशै भरका स्थानीय निकायमा प्रमुख प्रशासकिय अधिकृतहरु पुर्याएको मिडियामा समाचार छ्याप्छ्याप्ती आईरहंदा तारकेश्वर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको कुर्सी भने खालीनै थियो । नयाँ बजेट कार्यान्वयनका चरणमा प्रमुख प्रशासकिय अधिकृतनै नभएपछि नगरप्रमुख कृष्ण हरि महर्जनले साउन ४ गतेनै मन्त्रालयलाई पत्र लेखेर जानकारी गराएपछि मन्त्रालयले त्यस बिषयमा समयमानै निर्णय नलिंदा चाडवाडको समयमा कर्मचारी, निर्माण व्यवसायी देखि सेवाग्राही समेत मर्कामा परेका छन् । नगरप्रमुख कृष्ण हरि महर्जनले पटक पटक मन्त्री, सचिब र महाशाखा प्रमुखलाई भेटेर यस बिषयमा निर्णय लिईदिन आग्रह गर्दा समेत मन्त्रालय गम्भीर नभएको बताउनुभयो । उहाँले भन्नुभयो “मैले यस बिषयमा धेरै पटक मन्त्रालय धाँए, भेटनुपर्ने सबैलाई भेटेर यस बिषयमा ध्यानार्कषण समेत गराए तर मन्त्रालयले यस बिषयमा गम्भीर नबन्दा अहिले समस्या भयो”

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्