रबिन थपलिया । काठमाण्डौं । टोखा नगरपालिका वडा नं ८ स्थीत काठमाण्डौं युरो स्कुलले जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारको एक जना बालबालिकालाई पुर्ण छात्रबृत्ती दिने भएको छ ।
विद्यालयले देशको लोकतन्त्र र परिवर्तनका लागि जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नु भएका वीर शहीदहरूको सम्मानमा उहाँहरूका परिवारका एक सदस्य (बालबालिका) लाई पूर्ण छात्रवृत्ति (Full Scholarship) मा अध्ययन गर्ने अवसर प्रदान गर्ने निर्णय गरेको विद्यालयका अध्यक्ष प्रमोद पाण्डेले जानकारी दिनुभयो ।
विद्यालयले आज एक सुचना प्रकाशीत गदै शहीद परिवारका अभिभावकहरू वा नातेदारहरूलाई आफ्नो विवरणसहित विद्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
काठमाण्डौं युरो स्कुलले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहिद परिवारको एक सदस्यलाई पुर्ण छात्रबृत्ती दिने


प्रतिक्रिया दिनुहोस्