विश्व दृष्टी दिवसको अवसरमा तारकेश्वर नगरपालिकाद्धारा निशुल्क आँखा शिबिर आयोजना, १४ जनामा भेटियो मेतियाबिन्दु

Sagarmatha Post
Sagarmatha Post २३ आश्विन २०८२, बिहीबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । विश्व दृष्टी दिवसको अवसरमा तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा निशुल्क औषधी वितरण सहितको आँखा शिविर सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिकाको नगर स्वास्थ्य शाखाको आयोजना तथा तिलगंगा आँखा प्रतिष्ठान गोलढुंगा शाखा तथा लब्द चिल्ड्रेन नेपालको प्राविधिक सहयोगमा तारकेश्वर नगरपालिका वडा नं ६ स्थीत धर्मस्थली स्वास्थ्य चौकी तथा वडा नं १० स्थीत शहरी स्वास्थ्य केन्द्रमा आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । ख्यातीप्राप्त डक्टरहरु सहितको स्वास्थ्यकर्मीहरुको उपस्थीतिमा आयोजना गरिएको आँखा शिविरमा २३५ जनाले आँखा जाँच सहित निशुल्क औषधी सहितको सेवा लिएका छन् । शिविरमा आँखा जाँचको क्रममा १४ जनामा मोतियाबिन्दु भेटिएको तारकेश्वर नगरपालिकाको नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक गणेश कुंवरले जानकारी दिनुभयो । तारकेश्वर नगरपालिका वडा नं ६ स्थीत धर्मस्थली स्वास्थ्य चौकीमा आयोजना गरिएको शिविरमा वडा अध्यक्ष घनश्याम श्रेष्ठ, नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक गणेश कुंवर, शाखाका शन्तोष भट्टराई तथा वडा नं १० स्थीत शहरी स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा वडा अध्यक्ष कुमार राई, वडा सदस्यहरु बिक्रम महर्जन, शान्ता थपलिया, रत्नमायाँ परियार तथा नगर स्वास्थ्य शाखाका भरत पाण्डे लगायतको उपस्थीति रहेको थियो ।
आजको शिविरमा भेटिएका मोतियाबिन्दुका १४ जनामा बिरामी र यस अघि तिलगंगा आँखा केन्द्र गोलढुंगामा चेकजाँच गर्ने क्रममा भेटिएका तारकेश्वर नगरवासी आँखाका बिरामी सहित मोतियाबिन्दुका ७८ जना बिरामीको तारकेश्वर नगरपालिकाको सहयोगमा अप्रेसन गर्ने कार्यक्रम आयोजना गरिने जनस्वास्थ्य निरिक्षक कुंवरले बताउनुभयो । मोतियाविन्दुका बिरामीहरुको यहि मंसिर ११ र १२ गते गोलढुंगा स्थीत तिलगंगा आँखा प्रतिष्ठानको कार्यालयमा अप्रेसन गरिने कुंवरले बताउनुभयो । मोतियाबिन्दु भएका बिरामीहरुको हातले गरिने अप्रेसन (एसआईसिएस) निशुल्क हुनेछ भने फेसो प्रविधिबाट अप्रेसन गर्न चाहेमा भने अप्रेसनका लागि लाग्ने शुल्कमा बिरामीले रु ३ हजार २ सय ८० रुपयाँ शुल्क तिनुपर्ने छ । फेसो प्रविधिबाट उपचार गर्नका लागि अप्रेशन शुल्क रु १६ हजारमा ४ सय रुपयाँ लाग्ने छ । अप्रेशन शुल्कमा तिलगंगा आँखा केन्द्रले ५० प्रतिशत अर्थात रु ८ हजार २ सय रुपयाँ व्यहोर्ने छ भने तारकेश्वर नगरपालिकाले बाँकी ५० प्रतिशत शुल्कमा ६० प्रतिशत अर्थात रु ४९०० व्यहोर्ने छ भने बिरामीले ४० प्रतिशत अर्थात रु ३ हजार २ सय ८० रुपयाँ अप्रेशल शुल्क तिनुपर्नेछ ।
नगरपालिकाले खर्चमा मितव्ययीता अपनाँउदै शिविरमा सहभागी डक्टर, स्वास्थ्यकर्मी र स्वयमसेवीका लगायतलाई समेत कुनै भत्ता नदिएको तारकेश्वर नगरपालिकाको नगर स्वास्थ्य शाखाको जनस्वास्थ्य निरिक्षक कुंवरले बताउनुभयो । कुंवरले शिविरमा सहभागी चिकित्सक, स्वास्थ्यकर्मी र स्वयमसेवीकाहरु लगायतलाई खाजामात्र खुवाईएको बताउनुभयो ।
गतबर्ष पनि नगरपालिकाले तारकेश्वर नगरपालिकाको ११ वटै वडाहरुमा निशुल्क आँखा जाँच शिविर, औषधी बितरण, चस्मा बितरण कार्यक्रम आयोजना गरेको थियो । उक्त शिविरमा मोतियाबिन्दु भेटिएका १२२ जना बिरामीहरुको मोतियाविन्दुको अप्रेसन गरीदिएको थियो ।

 

hghgfh

May be an image of 3 people, people studying, hospital and text

May be an image of 2 people, people studying, hospital and text

May be an image of 4 people, people studying, hospital, dais and text

May be an image of 2 people, chess and text

May be an image of 14 people, people smiling, hospital and text

May be an image of ‎11 people, hospital and ‎text that says '‎पहिवान अधिकार दिमो विकासको आधार तारकश्वर नाবकतव नगवযচक্ধা गगर कार्यपालिकाको कार्यालय धर्मस्वली, ककमाण्डी बास्मती प्रपाच नेपाल বিश्ব दृष्टि दिवस (World Sight Day) को अवसरमा नि: शुल्क औषघी वितरण सहितको निशुल्क आंखा शिविर संच्नन মহরিষর प्रिक समन्वय జుటಷಡ ठामुदाठिक ति्ाम दिताजा आयोजक सेम्डर रणालिका काठताडी WORL SIGHT DAY F3 ไง ر @ΑΡ World Sight Day "आफ्नो आँखालाई माय्ा गरो" विरव कृष्‍टि दिवस दि October 2025 असोज असोज ၃၀၀၃ YOUREYES YOUR EYES‎'‎‎

ghfgh

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्