नेपालञ्जका होटलमा प्रहरीको छापा, ८ भारतीय नागरिक सहित ३१ महिला र १४ पुरुष पक्राउ

Sagarmatha Post
Sagarmatha Post २५ आश्विन २०८२, शनिबार
1 Min Read
Aa

काठमाण्डौं । बाँकेको नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा प्रहरीले छापा मारेर ४५ जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले अनैतिक गतिविधि भएको गुनासोको आधारमा छापा मारेको र अनुसन्धान जारी छ। पक्राउ पर्नेमा ३१ महिला, १४ पुरुष र ८ जना भारतीय नागरिक रहेका छन्।
नेपालगञ्ज । नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा प्रहरीले छापा हानेर ४५ जनालाई नियन्त्रणमा लिएको छ ।
ती होटल तथा रेष्टुरेन्टमा अनैतिक गतिविधि तथा कार्य भएको गुनासो आएपछि छुट्टाछुट्टै टोली बनाएर होटल तथा रेष्टुरेन्टमा छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।
उनले होटेल तथा रेष्टुरेन्ट सञ्चालकलाई नियन्त्रणमा लिइएको उल्लेख गर्दै अनुसन्धान जारी रहेको बताए । प्रहरीले नेपालगञ्जको मिलन कटेज, भेरी कर्णाली होटल, रिभरसाइड र दङ्गाली होटलमा छापा मार्दा ३१ महिला र १४ पुरुष नियन्त्रणमा लिइएको जनाएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्