रबिन थपलिया । काठमाण्डौं । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियाले जिल्ला प्रहरी कार्यालय धनुषाको निरिक्षण गर्नुभएको छ ।
हालै मात्र मधेश प्रदेश प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी पाउनु भएका डिआइजी थपलियाले कार्यालयका सम्पुर्ण शाखाहरू, कम्पाउण्ड परिसर, कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्न आउट, अवलोकन एवं निरीक्षण गरी उपस्थित यस कार्यालय तथा मातहत समेतको प्रहरी युनिट ईन्चार्जहरूलाई ब्रिफिङ एवं आवश्यक निति निर्देशन समेत दिनु भएयो ।
सो अवसरमा डिआइजी थपलियाले देशको वर्तमान अवस्थालाई मध्यनजर गदै जिम्मेवार बनेर कार्यक्षत्रमा लाग्न निर्देशन दिनुभयो ।


fd


प्रतिक्रिया दिनुहोस्