दशैं तिहार परियोजना सम्बन्धी सिकाईका लागि एन्जल्स हार्ट नेश्नल स्कुलका विद्यार्थीहरु ३ दिने शैक्षिक भ्रमणमा निस्कीए

Sagarmatha Post
Sagarmatha Post ३० आश्विन २०८२, बिहीबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत एन्जल्स हार्ट नेश्नल स्कुलका विद्यार्थीहरु दशैं तिहार परियोजना सम्बन्धी सिकाईका लागि ३ दिने शैक्षिक भ्रमणका लागि निस्कीएका छन् ।
२ रात तिन दिन सम्म चल्ने शैक्षिक अवलोकन भ्रमण पोखरा देखि घान्द्रुक सम्म रहने विद्यालयका प्रधानाध्यापक टक बहादुर थापाले जानकारी दिनुभयो । शैक्षिक भ्रमणमा विद्यालयकी एकेडेमीक डाईरेक्टर रेखा शाही हमाल र विद्यालय संयोजक इमु कुमारी गुरुङ सहित २५ जना विद्यार्थी र शिक्षकहरुको सहभागीता रहेकोछ ।
शैक्षिक भ्रमणमा निस्कन लागेका विद्यार्थी र शिक्षकको टिमलाई आज विहान विद्यालयका अध्यक्ष लिल बहादुर पुन र विद्यालयका प्रधानाध्यापक टक बहादुर थापाले सफल शैक्षिक भ्रमणको कामना सहित बिदाई गर्नुभयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्