रबिन थपलिया । काठमाण्डौं । टोखा नगरपालिका वडा नं ८ स्थीत ग्रान्डी इन्टरनेश्नल अस्पताल, विश्व स्ट्रोक संगठन बाट उच्च प्रविधिको मस्तिष्कघात सम्बन्धी उपचार केन्द्र को रुपमा मान्यता प्राप्त गर्ने नेपालकै पहिलो अस्पताल बनेको छ ।
नेपालमानै पहिलोपटक उच्च प्रविधिको मस्तिष्कघात केन्द्र (एडभान्स्ड स्ट्रोक सेन्टर) स्थापना गरेको ग्रन्डी अस्पतालको उक्त केन्द्रलाई विश्व स्ट्रोक संगठनले अस्पतालको गुणस्तरीय सेवा मूल्यांकन गरेर अन्तराष्ट्रिय स्तरको मापदण्डको आधारमा अक्टोबर १७, २०२५ मा मान्यता प्रदान गरेको अस्पतालद्धारा आज आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
मस्तिष्कघात श्विव्यापी रुपमा मृत्यु र शारिरीक रुपमा अशक्तताको प्रमुख कारण हो । नेपालमा प्रत्यक १० मिनेटमा एक जना व्यक्ति मस्तिष्कघातबाट पीडित हुन्छन् ।
ग्रन्डी अस्पतालका न्यूरोलोजिष्ट तथा मस्तिष्कघात उपचार सम्बन्धी कार्यक्रमका निर्देशक डा राजु पौडेलले ग्रान्डीलाई विश्व स्ट्रोक संगठनले प्रदान गरेको मान्यताले नेपाली जनतालाई विश्वस्तरीय मस्तिष्कघात उपचार प्रदान गर्न ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
अस्पतालका निर्देशक डा. बिनोद बिजुक्छेले ग्राण्डी सहित नेपालका अन्य अस्पताले स्ट्रोक केन्द्रको रुपमा मान्यता पाउनका लागि आवेदन पेश गरेपनि ग्रान्डीको भौतिक संरचना र आधुनीक प्रविधिका कारण मान्यता पाएको बताँउदै ग्रान्डीले प्राप्त गरेको यस उपलव्धीले सेवामा थप गुणस्तरीयता आउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा अस्पतालका इमरजेन्सी इन्चार्ज डा. राजिब थपलियाले विश्वस्तरीय मस्तिष्कघात उपचारको लागि अस्पतालले कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम संचालन अस्पतालका व्यापार शाखाका माधव शर्माले संचालन गर्नुभएको थियो ।


sd


प्रतिक्रिया दिनुहोस्