काठमाडौँका अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न अल्टीमेटम

Sagarmatha Post
Sagarmatha Post १४ कार्तिक २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौं ।  काठमाडौँका अतिक्रमिक जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन सात दिनको समय दिइएको छ। काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले एक सूचना जारी गर्दै सो कार्य सात दिनभित्र गर्न निर्देशन दिएका हुन्।
गत असोज २ गते बसेको महानगरपालिका र प्राधिकरणको संयुक्त बैठकले आज सार्वजनिक सूचना जारी गरी अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना खानी गर्ने÷हटाउने निर्णय गरेको थियो।काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्ला भित्रका सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गरिने चेतावनी समेत दिइएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्