काठमाडौँ । प्रहरीले काठमाडौँको तार्केश्वर नगरपालिका वडा नम्बर–८ स्थित शेषमतिबाट खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–१० घर भएर शेषमति बस्दै आएका ३३ वर्षीय शंकर राजवंशी छन् ।
आरोपीको साथबाट ६।७३ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । लागुऔषध कारोबार गर्ने उनको साथबाट प्रहरीले ७३ हजार नगद पनि बरामद गरेको छ ।
मङ्गलवार पक्राउ परेका उनीमाथि अदतलालबाट ५ दिनको म्याद लिएर प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्