नेपाल प्रहरीको कमाण्ड आज देखि कार्कीले सम्हाल्दै

Sagarmatha Post
Sagarmatha Post २७ कार्तिक २०८२, बिहीबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । नवनियुक्त नेपाल प्रहरीका महानिरिक्षक दानबहादुर कार्कीले आज देखि नेपाल प्रहरीको कमाण्ड सम्हाल्दै छन् ।
३० वर्षे सेवा अवधिका कारण अघिल्ला आईजीपी (महानिरीक्षक) चन्द्रकुवेर खापुङ हिजो २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाश पाउनु भएको छ । कार्कीले आज गृह मन्त्रालयमा दर्जयानी चिन्हले शुसोभित भएपछि प्रहरी प्रधान कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
कुनै ठूलो आर्थिक विवादमा नमुछिएका कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव छ । विदेशमा विभिन्न तालिम लिइसकेका उनी नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता समेत भएका थिए ।

May be an image of dais and text

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्