नेपाल प्रहरीका ३३ औं आईजीपी कार्कीको काँधमा आईजीपीको फुली, अमर प्रहरीलाई सम्झंदै भक्कानीए कार्की

Sagarmatha Post
Sagarmatha Post २७ कार्तिक २०८२, बिहीबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । नवनियुक्त नेपाल प्रहरीका ३३ औं महानिरिक्षक दानबहादुर कार्कीले आज देखि महानिरिक्षकको जिम्मेवारी पाएका छन् ।
३० वर्षे सेवा अवधिका कारण अघिल्ला आईजीपी (महानिरीक्षक) चन्द्रकुवेर खापुङ हिजो २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाश पाएपछी सरकारले कार्कीलाई आईजीपीको जिम्मेवारी दिएको हो ।
गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव रामेश्वर दंगालले कार्कीलाई आईजीपीको फुली लगाइदिए । केही बेरमा उनी नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालस्थित प्रहरी महानिरीक्षकको कार्यकक्षमा पदबहाली गर्दै छन् ।
आईजीपीको दर्जयानी चिन्हबाट सुसोभित भएपछि सम्बोधन गर्ने क्रममा नेपाल प्रहरीका आइजीपी दानबहादुर कार्की अमर प्रहरी सम्झिँदै भक्कानिएका छन् ।
गृह मन्त्रालयमा आयोजित दज्र्यानी चिन्ह तथा सुशोभित कार्यक्रममा आईजीपी कार्की भक्कानिएका हुन् । दज्र्यानी चिन्ह प्रदानपछि सम्बोधन गर्ने क्रममा वीर गति प्राप्त गरेका अमर प्रहरीलाई सम्झिएर केही बेर स्तब्ध बने । उनको गला अवरुद्ध भयो ।‘महानिरीक्षकको दज्र्यानी चिन्हबाट सुशोभित हुँदै गर्दा राष्ट्र र नागरिकको सेवाको क्रममा वीर गति प्राप्त गर्नुभएका सम्पूर्ण वीर अमर प्रहरीप्रति श्रद्धान्जली अर्पण गर्दछु । साथै कर्तव्य पालनको क्रममा वीर गति प्राप्त सम्पूर्ण प्रहरीको अतुलनीय योगदानको स्मरण गर्दै सेवा निवृत हुनुभएका प्रहरीहरूको सहज जीवनयापनको कामना गर्दछु’, कार्कीले भने ।
नवनियुक्त महानिरीक्षक कार्कीको कार्यकाल २०८४ चैत १८ सम्म छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्