रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं ७ फुटुङ स्थीत रोजमेरी आईडल बोडिङ स्कुलमा खेलकुदको महाकुम्भ मेला खेलकुद सप्ताह सुरुभएको छ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलाडी” भन्ने मुल नाराको साथ सुरु भएको खेलकुद सप्ताहको विद्यालयका अध्यक्ष सुरज महर्जन, विद्यालयका संरक्षक, शिक्षासेवी रामकृष्ण महजर्न र विद्यालयका प्रधानाध्यापक पुष्प पौडेलले आज एक भव्य समारोहका बिच उदघाटन गर्नुभयो ।
आज देखि मंसिर ५ गते सम्म चल्ने खेलकुद सप्ताहमा वास्केटबल, टेवल टेनिस, चेस, लङजम्प, कवडी, सर्टपुट, व्याडमिन्टन, बुक व्यालेन्स लगायत ३४ वटा खेलहरु हुनेछन् । प्रतियोगितामा विद्यालयका ८ सय भन्दा बढी विद्यार्थीहरु सहभागी हुने विद्यालयका प्रधानाध्यापक पुष्प पौडेलले बताउनुभयो । स्कुलमा अध्ययनरत प्लेग्रुपका विद्यार्थी बाहेक नर्सरी देखि कक्षा ९ सम्मका विद्यार्थीहरु सहभागी हुनेछन् । स्पोर्टस मिटमा नर्सरी देखि कक्षा २ सम्मका सम्पुर्ण विद्यार्थीहरुले सबै ११ वटा गेममा सहभागी हुने छन् । त्यस्तै कक्षा ३ देखि ५ सम्म कम्तीमा पनि २ वटा र बढीमा ४ वटा खेलमा सहभागी हुनेछन् । त्यस्तै कक्षा ६ देखी ९ सम्मका कम्तीमा २ वटा र बढीमा ६ वटा खेलमा सहभागीता जनाउने प्रधानाध्यापक पौडेलले बताउनुभयो ।

स्पोर्ट मिटको सुभारम्भ कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पुष्प पौडेलले खेलकुद केबल प्रतियोगिता मात्र नभएर अनुशासन, आत्मविश्वास, सहकार्य, सहानुभूति, सहनशीलता र नेतृत्व सिप विकास गराउने जीवनको ठुलो पाठशाला रहेको बताँउदै खेलमैदानमा उत्रिंदा सदभाव, अनुशासन, सम्मान र खेलकुदको भावनालाई पहिलो स्थानमा राखेर खेल्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
प्रधानाध्यापक पौडेलले विद्यार्थीहरुलाई कक्षा कोठामा मात्र सिमित नराखी उनिहरुको शारीरिक, बौद्धिक विकासमा सहयोग पु¥याउने उदेश्यले विद्यालयले अतिरिक्त कार्यक्रमहरु गदै आएको बताउनुभयो ।
खेलकुद सप्ताहको सुभारम्भ अघि विद्यार्थीहरुले विद्यालयबाट मार्चपास सहित मनमैजु मन्दीर हुंदै आसपासका क्षेत्रको परिक्रमा गरेका थिए ।
२०७२ सालमा स्थापना भएको रोजमेरी आइडल बोडिङले तारकेश्वर नगरपालिकाको शैक्षिक र खेलुकदको क्षेत्रमा समेत विशिष्ट पहिचान बनाउन सफल भएको छ । तारकेश्वर नगरपालिकाले आयोजना गरेको मेयर रनिङसील प्रतियोगितामा रोजमेरी स्कुलका विद्यार्थीहरुले धेरै पदक जित्न सफल भएका छन् । त्यस्तै अन्तराष्ट्रिय योगासना प्रतियोगितामा समेत रोजमेरीका विद्यार्थीहरुले स्वर्ण पदक समेत हात पारेर देशको इज्जत राख्न सफल भएका छन् । त्यस्तै गतबर्ष भारतमा भएको प्रतियोगितामा ४ देशका खेलाडीहरुलाई पराजीत गदै विद्यालयको कक्षा ९मा अध्ययनरत विद्यार्थी सुरज राजबाहकले कराँतेमा गोल्ड मेडल समेत जितेका थिए ।

fgfdg



dffd



df


प्रतिक्रिया दिनुहोस्