रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत मनमैजु महिला विद्यालय स्थापना भएको १८ बर्ष पछि विद्यालय व्यवस्थापन समितिको अग्रसरतामा विद्यालयका संस्थापकहरु सहितको सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
आज विद्यालयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा साबिक मनमैजु गाविस रहि हाल तारकेश्वर नगरपालिका वडा नं ८,९,१० र ११ का जनप्रतिनिधिहरु, विद्यालय स्थापना भएयताका संस्थापकहरु, व्यवस्थापन समितिका पदाधीकारीहरु तथा सदस्यहरुको सहभागीता रहेको थियो । २०६४ सालमा स्थापना भएको तारकेश्वरको नमुना महिला विद्यालय हाल कक्षा ८ सम्म सञ्चालनमा रहेको छ । विद्यालयले यस बर्ष तारकेश्वर नगरपालिकालाई कक्षा १० सम्म स्तरबृद्धिका लागि निवेदन समेत पेश गरेको छ ।
विद्यालयको बृहत्तर विकासका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उज्जवल अधिकारीको अग्रसरतामा विद्यालयले सरोकारवाला सबै पक्षसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
तारकेश्वर नगरपालिका वडा नं ८ का अध्यक्ष श्याम कृष्ण सापकोटाले साविक मनमैजु गाविस हुंदामा महिला विद्यालय आफनै वडामा रहेको भएपनि हाल नगरपालिका भएपछि वडा नं ९ मा परेको बताँउदै महिला विद्यालयका लागि आफ्नो वडाले जुनसुकै सहयोग पनि गर्न तयार रहेको बताउनुभयो ।

तारकेश्वर नगरपालिका वडा नं ११ का अध्यक्ष कविराज बस्नेतले विद्यालयको भौतिक र शैक्षिक सुधारका लागि जुनसुकै सहयोग गर्न तयार रहेको बताँउदै विद्यालयका लागि यहि हिउँदे अधिवेशन वा आगामी नियमीत नगर अधिवेशन मार्फत बजेट बिनियोजन गर्ने आश्वासन दिनुभयो ।

तारकेश्वर नगपालिका वडा नं १० का अध्यक्ष कुमार राईले विद्यालय स्थापना भएयता महिला दिदिवहिनिहरुलाई अध्ययनका लागि विद्यालयले ठुलो योग्दान दिएको बताँउदै छिमेकी वडा भएको नाताले विद्यालयलाई हर तरिकाले सहयोग गर्न तयार रहेको बताउनुभयो ।

व्यवस्थापन समितिका सदस्य एवं वडा नं ९ का वडा सदस्य लक्ष्मी अधिकारीले अध्यक्ष उज्जवल अधिकारीले इमान्दार भएर विद्यालयको हितका निम्ती काम गरिरहेको बताँउदै विद्यालयलाई अहिलेको अवस्था सम्म लैजना उहाँको ठुलो योग्दान रहेको बताउनुभयो । उहाँले भन्नुभयो “उज्जवल भाई मेरै भाईजस्तै लाग्छ किन भने उहाँ फरक पार्टीबाट चुनाव जीत्नुभएको, मैले फरक पार्टीबाट, तर यस महिला विद्यालय सञ्चालनका लागि उहाँले कहिल्यै राजनीति गर्नुभएन,हरेक कुरा मलाई सोधेर तथा विद्यालयमा छलफल गरेर मात्र काम गरिरहनुभएको छ ।”

मनमैजु माध्यामिक विद्यालयकी प्रधानाध्यापक रबिना महर्जनले मनमैजु महिला विद्यालय बिगतको तुलनामा शैक्षिक र भौतिक रुपमा निकै प्रगति गरेको बताँउदै विद्यालयको गेट देखि भबन सम्म भएको प्रगतिले खुसी लागेको बताउनुभयो । उहाँले विद्यालयको बृहत्तर विकासका निम्ती विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अविभावक सबैको उत्तिकै जिम्मेवारी रहने बताउनुभयो ।
विद्यालयको संस्थापक अध्यक्ष साबित्री मैनालीले बिगतमा घरघरमा पुगेर विद्यार्थी जम्मा गरेर स्थापना गरेको विद्यालयको प्रगति देखेर हर्षित भएको बताँउदै विद्यालयको उन्नती र प्रगतिका लागि आफुहरुले अझै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं तारकेश्वर नगरपालिकाको न्यायीक समितिका सदस्य एवं वडा नं ९ का वडा सदस्य उज्जवल अधिकारीले विद्यालयको शैक्षिक र भौतिक सुधारका लागि प्रयास जारी रहेको बताँउदै महिला विद्यालयलाई उपत्यकाकै नमुना महिला विद्यालय बनाउने उदघोष गर्नुभयो ।
अध्यक्ष अधिकारीले विद्यालयका लागि तारकेश्वर नगरपालिका र नगरप्रमुखबाट अत्यन्त सकारात्मक सहयोग पाईरहेको बताँउदै विद्यालयका लागि आर्थिक अभाव हुन नदिने बताउनुभयो ।
कार्यक्रममा अधिकारीले अहिले सम्म महिला विद्यालयमा भएको कार्यप्रगतितिको बिबरण पेश गदै भावि कार्ययोजना समेत पेश गर्नुभयो ।
कार्यक्रममा विद्यालयका संस्थापकहरु बिन्दा बुढाथोकी, मिना थापा, लिला राजबाहक, रमा सापकोटा, प्रेमा गौतम, नीता खड्का लगायतले विद्यालयको प्रगति देखेर बिगतमा विद्यालयको लागि गरेको दुःख सम्झी हालको प्रगति देखेर खुसी व्यक्त गर्नुभयो ।





dfdf


प्रतिक्रिया दिनुहोस्