रबिन थपलिया । काठमाण्डौं । मंसिर ११ । तारकेश्वरमा सञ्चालीत पुर्व प्राथमिक विद्यालयहरुको छाता संस्था अपेन तारकेश्वरको आयोजनामा आज शैक्षिक पदयात्रा (बालकदम पदयात्रा) कार्यक्रम सम्पन्न भएको छ ।
अपेनको बालकदम– सिकाईमा तरंग तारकेश्वर नगरपालिका सम्मको पदयात्रा अनुभवसंग भन्ने मुल नाराका साथ तारकेश्वर नगरपालिका वडा नं ६ जरंखुपुलबाट सुरुभएको पदयात्रा कार्यक्रम तारकेश्वर नगरपालिकाको कार्यालय धर्मस्थलीमा पुगेर टुंगीएको थियो ।
पदयात्रामा अपेनामा आबद्ध तारकेश्वरका १७ विद्यालयबाट करिब ५०० बालबालिकाको सहभागिता रहेको अपेन तारकेश्वरकी अध्यक्ष रेखा शाही हमालले जानकारी दिनुभयो ।
पदयात्रा कार्यक्रममा विद्यार्थीहरुले अपेन तारकेश्वर बाल कदम, नगरपालिका सम्म पुग्ने हाम्रो दम, साना पाईला, ठूला सपना नगरपालिका सम्मको रमाईलो यात्रा, सिकाएको रंग यात्रामा दंग, नगरमा भेट्योउ नयाँ तरंग लगायत लेखिएको प्लेकार्ड बोकेर पदयात्रा गदै नगरपालिका पुगेका थिए ।
बालकदम पदयात्रा नाम दिईएको उक्त शैक्षिक पदयात्रा सहित नगरपालिका पुगेका बालबालिकाहरुलाई तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकिय अधिकृत धर्मराज लम्साल, शिक्षा शाखा प्रमुख सुदिनराज बुढाथोकी सहित जनप्रतिधि र कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।

नगरपालिका पुगेका बालबालिकाहरुलाई सम्बोधन गदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले कार्यक्रमले विद्यालय र नगरपालिकाबीचको साझेदारीलाई मजबुत बनाउँदै साझा उत्तरदायित्वको भावना जगाउने बताँउदै यसले बालबालिकाहरुको सिकाईमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नगरप्रमुख महर्जनले बालबालिकाहरुले पठनपाठनसंगै स्थानीय सरकारसंग नजिकिने अवस्था खडा गरेको बताँउदै बालपदयात्राले समाजमा सकारात्म सन्देश दिएको बताउनुभयो ।

त्यस्तै तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले नगरपालिकाको बारेमा थाहा नहुने उमेरका बालिबालीकाहरुलाई नगरपालिका हाम्रै सम्पत्ती हो भनेर पदयात्रा सहित भ्रमण गराईदिएकोमा अपेन परिवारलाई धन्यवात दिंदै नगरपालिकाको भ्रमण बालमानसपटमा अनन्तकाल सम्म अविस्मरणीय रहने बताउनुभयो ।

बालबालिकाहरुसंग अन्तरक्रिया गदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले नगरपालिका बालबालिकाहरुको जीवनकालसंग सरोकार राख्ने पहिलो सरकारी कार्यालय रहेको बताँउदै बालिकालीकाहरुलाई आफ्नो जन्म दर्ता गर्ने नजिकको सरकारको कार्यालयमा स्वागत गर्न पाँउदा खुसी लागेको बताउनुभयो ।

कार्याक्रममा तारकेश्वर नगरपालिकाका शिक्षा प्रमुख सुदिनराज बुढाथोकीले बालबालिकाहरुको सिकार्ई कार्यकक्ष मात्र नभएर समाज पनि रहेको सन्देश सहित अपेनले पदयात्रा गरेकोमा धन्यवात दिंदै यस्ता कार्यक्रमहरुले समाज चिनाउन र स्थानीय सरकारका बारेमा बालबालिकाहरुलाई जानकारी दिन सहयोग पुग्ने विश्वास व्यक्तगर्नुभयो ।

कार्यक्रममा अपेन तारकेश्वर नगरकमिटीकी अध्यक्ष रेखा शाही हमालले मन्तव्य व्यक्त गर्दै बालसिकाइलाई समुदायसँग जोड्ने ‘हेरेर–बुझेर–सिक्ने’ संस्कारलाई प्रोत्साहन गर्न यस किसिमका गतिविधिको निरन्तरता आवश्यक रहेको बताउनुभयो।
कार्यक्रमले स्थानीय सरकारको संरचना, भूमिकासम्बन्धी बालमैत्री ज्ञान बढाउने उद्देश्य राखेको अध्यक्ष हमालले बताउनुभयो । विद्यालय र नगरपालिकाबीचको साझेदारीलाई मजबुत बनाउँदै साझा उत्तरदायित्वको भावना जगाउने, साथै पैदलयात्रामार्फत अनुशासन, सहयोग, सुरक्षा बोध र सामाजिक व्यवहारजस्ता जीवनोपयोगी सीप अभिवृद्धि गर्ने अभिप्रायसहित कार्यक्रम आयोजना गरिएको अपेनले जनाएको छ ।
कार्यक्रमको अन्त्यमा नगरप्रमुख कृष्णहरी महर्जन, उप प्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकिय अधिकृत धर्मराज लम्साल, शिक्षा शाखा प्रमुख सुदिनराज बुढाथोकीले नगरपालिकाको तर्फबाट सबै सहभागी बालबालिकालाई मायाको चिनोस्वरूप पेन्सिल र इरेजर वितरण गर्नुभयो ।
कार्यक्रममा सुरक्षा तथा व्यवस्थापनका लागि एजल्स नेसनल स्कुलका स्काउट टोली ,मारिया मन्टेस्वोरी ट्रेनिङ सेन्टरको स्वयंसेवक समूह र नगरप्रहरीको टोलिले सक्रिय सहयोग पु¥याउनुभएको अपेनले जनाएको छ ।
कार्यक्रममा प्रधानाध्यापक ,शिक्षक, विद्यार्थीहरु, अन्य कर्मचारी ,पत्रकार र नगरप्रहरिहरुको उत्साहपूर्ण सहभागिताले रहेको थियो ।

sdfsdf

dfsdf






sdfsdf


प्रतिक्रिया दिनुहोस्