रबिन थपलिया । काठमाण्डौं । मंसिर ११ । तारकेश्वर नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजनामा तारकेश्वर नगरपालिकाका ६० जना जेष्ठ नागरिकहरुको मोति बिन्दुको अप्रेसन गरिएको छ ।
तारकेश्वर नगरपालिकाको नगर स्वास्थ्य शाखाले यस अघि नगरपालिका बिभिन्न वडाहरुमा गरेको आँखा शिविरमा भेटिएका मोति बिन्दु भएका जेष्ठ नागरिकहरुको तिलगंगा आँखा केन्द्रको गोलढुंगा केन्द्रमा हिजो र आज अप्रेसन गरिएको तारकेश्वर नगरपालिकाको नगर स्वास्थ्य शाखाका जनस्वास्य अधिकृत गणेश कुंवरले जानकारी दिनुभयो । नगरपालिकाले सहज तरिकाले अप्रेसनको व्यवस्था गरिदिएको भन्दै जेष्ठ नागरिकहरुले नगरपालिकालाई धन्यवात समेत दिए । जेष्ठ नागरिकहरुको आँखाको अप्रेसन चिलरहंदा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन र तारकेश्वर नगरपालिका वडा नं ५ का अध्यक्ष सम्भु फुंयालले तिलगंगा आँखा प्रतिष्ठानको गोलढुंगा केन्द्रमा पुगेर जेष्ठ नागरिकहरुलाई भेट गरी स्वास्थय लाभको कामना समेत गर्नुभयो ।
सो अवसरमा तारकेश्वर नगरपालिकाको नगर स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाह, तिलगंगा आँखा प्रतिष्ठानका गोलढुंगा केन्द्रका प्रमुख शक्तिओम मकाजु, स्वास्थय शाखाका भरत पाण्डे सहितको उपस्थीति रहेको थियो ।
मोतियाबिन्दु भएका बिरामीहरुको हातले गरिने अप्रेसन (एसआईसिएस) निशुल्क गरिएको छ भने फेसो प्रविधिबाट अप्रेसन गर्न चाहनेको भने न्युन शुल्कमा अप्रेसन गरिएको छ । जस अनुसार फेसो प्रविधिबाट अप्रेसनका लागि लाग्ने शुल्कमा बिरामीले रु ३ हजार २ सय ८० रुपयाँ शुल्क तिनुपर्ने छ । फेसो प्रविधिबाट उपचार गर्नका लागि अप्रेशन शुल्क रु १६ हजारमा ४ सय रुपयाँ लाग्ने छ । अप्रेशन शुल्कमा तिलगंगा आँखा केन्द्रले ५० प्रतिशत अर्थात रु ८ हजार २ सय रुपयाँ व्यहोर्ने छ भने तारकेश्वर नगरपालिकाले बाँकी ५० प्रतिशत शुल्कमा ६० प्रतिशत अर्थात रु ४९०० व्यहोर्ने छ भने बिरामीले ४० प्रतिशत अर्थात रु ३ हजार २ सय ८० रुपयाँ अप्रेशल शुल्क तिनुपर्नेछ ।
तारकेश्वर नगरपालिकाको आयोजनामा ६० जना जेष्ठ नागरिकको मोतिबिन्दुको अप्रेसन गरियो, जेष्ठ नागरिकले दिए नगरपालिकालाई धन्यवात


प्रतिक्रिया दिनुहोस्