एन्जल्र्स स्पोर्टस एकेडेमीको आयोजनामा मंसिर २५ गते देखि खुल्ला जुनियर क्रिकेट लिग (jcl) यु १२ हुने

Sagarmatha Post
Sagarmatha Post २२ मंसिर २०८२, सोमबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । एन्जल्र्स स्पोर्ट एकेडेमीको आयोजनामा यहि मंसिर २५ गते देखि १२ बर्ष मुनिका विद्यार्थी खेलाडीहरु बिच जुनियर क्रिकेट लिग (jcl) यु १२ प्रतियोगिता हुने भएको छ ।
तारकेश्वर ९ स्थीत एकेडेमीमा हुने यस प्रतियोगिता पुस ५ गते सम्म चल्ने छ । एकेडेमीमा आज पत्रकार सम्मेलनको आयोजना गदै प्रतियोगितको ट्रफि सार्वजनीक तथा क्याप्टेन मिटको आयोजना गरियो । प्रतियोगितामा काठमाण्डौं उपत्यका भित्रका क्रिकेट एकेडेमीमा आबद्ध १६ टिमका खेलाडीहरुको सहभागीता रहने छ । प्रतियोगिता बिजेता टिमले नगद रु ३० हजार, ट्रफि र प्रमाणपत्र तथा उपबिजेता टिमले नगद रु २० हजार ट्रफि र प्रमाणपत्र पाउने छन् । त्यस्तै प्रतियोगितमा मस्ट भ्यालुयबल प्लेयर, बेष्ट व्याटस म्यान, बेष्ट बलर, इम्प्वयरीङ प्लेयर, म्यान अफ दि म्याच र बेष्ट कोचहरुलाई समेत पुरस्कृत गरिने आयोजकले बताएका छन् ।

May be an image of golf, basketball, hat and text
प्रतियोगिता बारेमा जानकारी दिन आज आयोजीत पत्रकार सम्मेलनका बोल्दै एन्जल्र्स स्पोर्टस एकेडेमीका अध्यक्ष खिम थापाले लिगको ग्रास रुट्स क्रिकेट प्रवद्र्धन गर्ने र १२ वर्ष मुनिका युवा खेलाडीहरूलाई सुरक्षित, व्यावसायिक र प्रतिस्पर्धात्मक प्लेटफर्म प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको बताउनुभयो । खेलहरू लिग तथा नकआउट ढाँचामा खेलाइने थापाले बताउनुभयो । प्रतियोगिताको संचालन कुशल खड्का, टुर्नामेन्ट निर्देशक, तथा रबिन्द्र गुप्ता, टेक्निकल हेड को निगरानीमा हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिताको ब्राण्ड एम्बेस्डर क्रिकेटका राष्ट्रिय टिमका खेलाडी युवराज खत्री रहेका छन् ।
एन्जल्र्स स्पोर्ट एकेडेमीको आयोजनामा हुन गईरहेको यस प्रतियोगिता जुनियर लिगको पाँचौं संस्करण रहेको बताँउदै थापाले १२ बर्ष मुनिको प्रतियोगिता भने पहिलो पटक गर्न लागिएको बताउनुभयो ।

May be an image of ‎dais and ‎text that says '‎ANG CRIC श् O ANGELS HEART EDUCATION FOUNDATIO PRESENTS JCL-U12 TROPHY REVEA CAPTAINS MEET 2024 3 서랑의스아 نج LET TH Jmsiang‎'‎‎
कार्यक्रममा काठमाण्डौं जिल्ला प्याव्सनका उपाध्यक्ष धन बहादुर पुनले एन्जल्स स्पोर्ट एकेडेमी क्रिकेटका राष्ट्रिय खेलाडी उत्पादन गर्ने उर्वर मैदान बनेको बताँउदै प्रतियोगितासंगै क्रिकेटको एउटा बललियो टिम तयार गर्न आग्रह गर्नुभयो ।
उपाध्यक्ष पुनले क्रिकेट खेलको प्रबद्र्धनका लागि प्याव्सनले समेत देशव्यापी प्याब्सन कप अण्डर १५ क्रिकेट प्रतियोगिता गर्न लागिएको बताउनुभयो ।

May be an image of one or more people and text that says 'ANGELS HEART EDUCATION PRESENTSJC TROPHY RE CAPTAINS MEE 総店 포하2'

पत्रकार सम्मेनलनमा बोल्दै एन्जल्स हार्ट नेश्नल स्कुलका प्रिन्सीपल टक बहादुर थापाले प्रतियोगिताले युवा क्रिकेट प्रतिभा मात्र विकास नगरी खेलमा अनुशासन, टीमवर्क, निष्पक्षता र सुरक्षाका मूल्यहरू पनि प्रवद्र्धन गर्ने बताउनुभयो ।
प्रतियोगिताका प्राविधिक प्रमुख अन्तराष्ट्रिय अम्पाएर रबिन्द्र गुप्ताले पुरस्कारका लागि तोकिएको भन्दा बढी उमेर समुहका खेलाडीहरुलाई सहभागी नगराउन सहभागी टिमहरुलाई आग्रह गदै प्रतियोगिता सफल बनाउन संचार माध्यमहरुबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

May be an image of basketball and text that says 'ANGEL KRICHE ANGELS ANGELSHEART HEART PRES TRON ИCKET FOUNDATION J12 ማሳቢ ባቢ ዓጥኛች 新 ር! S 1= CHAMPIONS'

May be an image of one or more people and text

fgfg

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्