अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

Sagarmatha Post
Sagarmatha Post २८ मंसिर २०८२, आईतवार
5 Min Read
Aa
काठमाडौं, २८ मंसिर  । नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका(१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २९ ग्राम ५ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्रतापपुर गाउँपालिका(२ भिठ्ठा बस्ने बर्दिया गुलरिया नगरपालिका(९ डब्बा घर भएका २७ वर्षीय राजेश अहिर र उनकै श्रीमती ३५ वर्षीया सारदा हरिजन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय रुपन्देही समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका(७ देवरिया गौडी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका(१६ बेहडाबाबा बस्ने ३५ वर्षीय लोकेन्द्र कठायतलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले से।४ प ५०३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, दमक नगरपालिका(५ नारायण टोल बस्ने ३१ वर्षीय रण बहादुर मगरलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय २० मिलिग्राम र नगद २१ हजार ५ सय रूपैयाँ सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले रण बहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
उदयपुर, त्रियुगा नगरपालिका(६ लालपत्ताबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम २ सय ४० मिलिग्राम सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका(१३ बस्ने ३९ वर्षीय ससिकान्त चौधरी, सोही नगरपालिका(४ बगाहा बस्ने ३७ वर्षीय दावेन्द्र मगर र सोही नगरपालिका(९ गैरून बस्ने ३५ वर्षीय प्रेम चौधरी रहेका छन् । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले बा।४१ प ५५०८ र प्रदेश १(०२(०५८ प ७०७५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी उदयपुर, बेलका नगरपालिका(९ रामपुरबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्राम र नगद १९ हजार ७ सय १५ रूपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चौदण्डीगढी नगरपालिका(४ भोर्लेनी बस्ने २६ वर्षीय संजिव राई र १९ वर्षीय प्रबेश राई रहेका छन् । इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले  स।३ प ९२१४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सर्लाही, लालबन्दी नगरपालिका(५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १२ ग्राम सहित लालबन्दी नगरपालिका(५ बस्ने ईश्वरपुर नगरपालिका(३ घर भएका ३४ वर्षीय सुवास लमिछानेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका(१९ धनकुटे रोडबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ३० ट्याब्लेट र स्पास्पेन २० ट्याब्लेट सहित सोही उपमहानगरपालिका(१० बस्ने १९ वर्षीय निरफुङ बस्नेतलाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका(३ लेवटबाट अवैध लागूऔषध गाँजा करिब २२ किलो सहित राक्सिराङ गाउँपालिका(१ बस्ने ४५ वर्षीय लक्ष्मी माया गोलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसामाडी लेवटबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
मोरङ, धनपालथान गाउँपालिका(४ कर्सिया बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका(२ पैटा बस्ने २९ वर्षीय राजिब चौधरी र २४ वर्षीय सियाराम गच्छदार रहेका छन् । प्रहरी चौकी कर्सियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ प्रदेश १(०४(००२ प ६४७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका(७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ  पर्नेहरूमा सोही गाउँपालिका(३ पुष्पनगर बस्ने २७ वर्षीय सुवास परियार र  राजापुर नगरपालिका(८ बस्ने २१ वर्षीय बिवेक विश्वकर्मा रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्