काठमाडौं ६ मा उम्मेदवार नै पार्टी छाडेर नेकपा प्रवेश

Sagarmatha Post
Sagarmatha Post १४ माघ २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं । काठमाडौं ६ मा नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ९माओवादी० का उम्मेदवार नै पार्टी छाडेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन। नेकपा ९माओवादीका० केन्द्रीय सदस्य एवं विद्यार्थी संगठनका पूर्वअध्यक्ष चिरञ्जीवी ढकाल नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० प्रवेश गरेका हुन् । पेरिसडाँडामा आयोजित एक कार्यक्रमबीच पार्टीका संयोजक प्रचण्डले ढकालसहित अखिल ९समाजवादी० का महासचिव प्रकाश झप्रेल, सचिवालय सदस्य लोकेश जोसीलगायत ८ जना केन्द्रीय सदस्यलाई पार्टी प्रवेश गराएका हुन् । ढकाल उनी पछिल्लो समय विप्लव तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का विश्वास पात्र थिए । पार्टीलाई निर्वाचन आयोगमा दर्ता गराउने, समानुपातिकको बन्दसूचीलगायत अन्य कानूनी काममा ढकालले नै अगुवाइ गरेका थिए ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्