सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आइपिओ सर्वसाधारणका लागि खुला

Sagarmatha Post
Sagarmatha Post १८ माघ २०८२, आईतवार
2 Min Read
Aa

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) आज (आइतबार) देखि सर्वसाधारणका लागि खुला भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरी बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको हो।

कम्पनीले जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये ६ लाख ८९ हजार ६७५ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र ६८ हजार ९६७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकिएको छ।

कम्पनीले दोस्रो चरणमा १३ हजार ७९३ कित्ता सेयर कर्मचारीहरूका लागि र ३४ हजार ४८४ कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरी बाँकी रहेको ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५ लाख ७२ हजार ४३१ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।

यस आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।कम्पनीको आइपिओमा माघ २१ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्म माग अनुसार आवेदन नपरेमा बिक्री अवधि फागुन ३ गतेसम्म लम्बिनेछ।कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस (इस्युअर)’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।कम्पनीको से यर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा विकसित ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी पनि सी–आस्बामार्फत आवेदन दिन सकिनेछ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्