रबिन थपलिया । काठमाण्डौं । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल, प्याव्सन काठमाण्डौंको आयोजनामा नेपालमानै पहिलो पटक हुन गईरहेको पिसिएल यु १५ लिग क्रिकेट प्रतियोगिताको ट्रफि तथा जसी अनावरण गरिएको छ ।
काठमाण्डौंको धुम्वाराहीमा आज एक भव्य कार्यक्रममा बिच प्याव्सनका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद अधिकारी र आयोजक काठमाण्डौं जिल्ला प्याव्सनका अध्यक्ष नवराज भट्टले संयुक्त रुपमा ट्रफि तथा जसी सहित सहभागी टिमको नाम, टिमको लोगो, टिमको प्रायोजक, र ‘एन्थम’ पनि सार्वजनिक गनुभयो ।
माघ २८ गतेदेखि तल्लो मूलपानी क्रिकेट मैदान हुने प्रतियोगितामामा आयोजक प्याब्सन काठमाडौं क्यापिटल्स, प्याब्सन सुदूरपश्चिम राइजिङ, प्याब्सन बागमती च्यालेन्जर्स, प्याब्सन गण्डकी इगल्स, प्याब्सन कर्णाली हाइल्यान्डर्स, प्याब्सन कोशी स्ट्राइकर्स, प्याब्सन लुम्बिनी मोङ्स र प्याब्सन मधेश रोयल्सका ८ छात्र टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

करिब ८० लाख खर्च हुने अनुमान गरिएको यस प्रतियोगितामा ८ वटै टिमका लागि प्रायोजक समेत भेटिएका छन् । जस्मा बागमती च्यालेन्जर्सको साउथ वेस्टर्न स्टेट कलेज, काठमाडौं क्यापिटल्सको अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स),मधेशको ट्रिटन मावि÷कलेज, कोशीको फेका, कर्णालीको विनायक सिद्ध कलेज, गण्डकीको प्याब्सन काठमाडौं मेट्रो, सुदूरपश्चिमको तलेजु प्रकाशन, लुम्बिनीको प्याब्सन चन्द्रागिरी नगर कमिटी प्रायोजकको रुपमा रहेका छन् ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद अधिकारीले प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडीको पहिचान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गदै प्रतियोगिताले क्रिकेट खेलको विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
दुखको बेलामा आफ्नोको पहिचान हुने बताँउदै अधिकारीले प्रतियोगिताका लागि केन्द्रीय प्याब्सनबाट ५ लाख र आफ्नो विद्यालय भ्याली पब्लिक स्कुलबाट १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

आयोजक प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी ‘ड्रिम टिम’ निर्माण गरी सुविधासहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा अवसर प्रदान गरिने बताउँदै विद्यालय क्रिकेटको संस्थागत विकासमा प्रतियोगिता महत्वपूर्ण सावित हुने बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रतियोगिता संयोजक तथा प्याब्सन काठमाडौंका उपाध्यक्ष धनबहादुर पुनले प्याब्सनले क्रिकेट खेलको क्रेजलाई आत्मसाथ गदै राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले खेलकुद कार्यक्रम आयोजना गर्न लागेको बताँउदै प्रतियोगिताबाट उदीयमान खेलाडीको पहिचान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्याब्सन बागमतीका अध्यक्ष मुरारीप्रकाश सन्जेलले ५ लाख, केन्द्रीय प्याब्सनका सह–अध्यक्ष गोपालप्रसाद आचार्यले सर्वनम शिक्षालय मार्फत रु ५० हजार र प्याव्सन काठमाण्डौंका सदस्य मुकुन्द पाण्डेले पारामाउन्ट एकेडेमीका तर्फबाट ५० हजार रुपयाँ कार्यक्रमका निम्ती सहयोग गर्ने घोषणा गर्नुभयो ।
प्रतियोगिता निर्देशक खिमबहादुर थापाले आजको कार्यक्रम केवल ट्रफी र जर्सी अनावरण मात्र नभई यो नेपालमा विद्यालय स्तरको क्रिकेटको भविष्य, अनुशासन र टोली भावनाको उत्सव हो।क्रिकेट एउटा खेल मात्र नभई चरित्र निर्माण र नेतृत्व विकासको माध्यम भएको बताँउदै पारदर्शिता, व्यावसायिकता र गुणस्तरीय क्रिकेटको प्रवद्र्धनका लागि आफ्नो प्रतिबद्धता रहेको बताउनुभयो ।
काठमाण्डौं जिल्ला प्याव्सनका अध्यक्ष नवराज भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्याव्सन काठमाण्डौंका उपाध्यक्षहरु सूर्य बहादुर भण्डारी, आर वि अधिकारी, इशु गुरुड, प्याब्सन काठमाण्डौंका कोषाध्यक्ष डिएन अधिकारी लगायत प्याव्सन काठमाण्डौं जिल्ला कार्यसमितिका पदाधीकारी तथा सदस्यहरु, काठमाण्डौं जिल्ला प्याव्सन अन्तर्गत बिभिन्न नगर प्याव्सनका अध्यक्ष तथा पदाधीकारीहरु, कार्यक्रमका प्रायोजकहरु, क्रिकेटका प्रशिक्षकहरु लगायत क्रिकेट प्रेमिहरुको उपस्थीति रहेको थियो ।
एन्जल्स स्पोट्र्स एकेडेमी, मनमैजुको व्यवस्थापनमा हुने प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट व्याट्सम्यान र बलरलाई जनही ५–५ हजार नगदबाट पुरस्कृत गरिनेछ । ‘प्लेयर अफ द म्याच’ लाई २ हजार नगद पुरस्कार प्रदान गरिने आयोजक काठमाण्डौ जिल्ला प्याव्सनले जनाएको छ । माघ २६ गते देखि सुरुहुने प्रतियोगिताको फाइनल फागुन ६ गते हुनेछ ।




dgfg


प्रतिक्रिया दिनुहोस्