टोखा ८ मा नेपाली काँग्रेसको चुनावी क्रियाशील भेला सम्पन्न, भेलामा उत्साहजनक उपस्थीति

Sagarmatha Post
Sagarmatha Post २७ माघ २०८२, मंगलवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । टोखा नगरपालिका वडा नं ८ मा नेपाली काँग्रेसको चुनावी क्रियाशील भेला सम्पन्न भएको छ ।
नेपाली काँग्रेसका तर्फबाट काठमाण्डौं क्षेत्र नं ६ का उम्मेद्धवार एवं नेपाली काँग्रेस काठमाण्डौंका जिल्ला सभापति कृष्ण सबुज बानियाँको प्रमुख आतिथ्यतामा मेरीगोल्ड पार्टी प्यालेसमा भेला सम्पन्न भएको हो । टोखा ८ उम्मेद्धवर बानियाँको आफ्नै वडा पनि हो । वडा भेलामा टोखा ८ का काँग्रेसका क्रियाशील सदस्यहरुको उत्साहजनक उपस्थीति रहेको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं ६ का क्षेत्रीय सभापति एवं चुनाव परिचालन समितिका संयोजक श्यामकृष्ण खड्गी, नेपाली काँग्रेस क्षेत्र नं ६ प्रदेश ख का सभापति बिष्णु भक्त तिमिल्सीना, नेपाली काँग्रेस बाग्मती प्रदेश सदस्य एवं महासमिति सदस्यहरु हरिहर अधिकारी, इन्द्रमान महर्जन, नेपाली काँग्रेस क्षेत्र नं ६ का क्षेत्रीय सचिब उत्तम अधिकारी, प्रवक्ता चन्द्रावती लगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रममा बोल्दै क्षेत्र नं ६ का उम्मेद्धवार कृष्ण सबुज बानियाँले नो नट एगेन भनेर प्रचारगर्नेहरुनै फेरी निर्वाचनमा दोहोरीएर आईरहेको बताँउदै नयाँ पार्टीको नाममा छरीएका भ्रमहरुलाई सबै मिलेर चिर्नुपर्ने बताउनुभयो ।
पार्टी र कार्यकर्ताहरुको शिर निहुरिनेगरी आफुले बिगत देखिनै कुनै काम नगरेको बताँउदै भोलीका दिनमा पनि यस्ता कार्य नहुने भएकाले जनतालाई त्यही भनेर मत मागीदिन बानियाँले आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं ६ का सभापति एवं निर्वाचन परिचालन समितिका संयोजक श्यामकृष्ण खड्गीले काँग्रेसका उम्मेद्धवार बानियाँनै क्षेत्र नं ६ का सबैभन्दा अब्बल उम्मेद्धवार रहेको बताँउदै सबै जना लागेर उहाँको जित सुनिश्चीत गराउन आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस टोखा नगरपालिका वडा नं ८ का सभापति उत्तम थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति हिरा पोखरेलले सहभागीहरुलाई धन्यवात दिनुभएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्