रबिन थपलिया । काठमाण्डौं । नेपाल महिला संघ तारकेश्वर नगर कार्यसमितिको आयोजनामा आज चुनावी महिला भेला सम्पन्न भएको छ ।
तारकेश्वर ६ स्थीत साझा पार्टी प्यालेसमा आज आयोजना गरिएको चुनावी महिला भेलामा काठमाण्डौं क्षेत्र नं ६ र ७ मा मा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभाका उम्मेद्धवारद्धय क्रमश कृष्ण सबुज बानियाँ र प्रमोदहरी गुरागाँईको उपस्थीति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गदै नेपाली काँग्रेसका तर्फबाट काठमाण्डौं क्षेत्र नं ६ का प्रतिनिधिसभाका उम्मेद्धवार कृष्ण सबुज बानियाँले महिला संघको आजको भेलाले क्षेत्र नं ६ र ७ को निर्वाचनको नतिजालाई जीतमा परिणत गर्न सहयोग पुग्ने बताउनुभयो ।
निर्वाचनका नाममा नयाँ दल भन्नेहरुले चुनावी दस्ता लिएर देश दौडाहा गरिरहेको बताँउदै नेता बानियाँले जनताको आशा, विश्वास र भरोसाले आफु निर्वाचनको समयमा पनि एक्लै निर्वाद रुपमा स्कुटरमा मतदाताको घरदैलो सम्म पुगीरहेको बताउनुभयो ।
स्व गणेशमान सिंह र मंगला देवी सिंहको तस्वीर अगाडी बसेर उहाँहरुको उदेश्यमा आँच आउने कुनैपनि काम नगर्ने बताँउदै नेता बानियाँले उहाँहरुको उत्तराधीकारीको रुपमा आफुलाई राख्ने चाहेको समेत बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट काठमाण्डौं क्षेत्र नं ७ मा प्रतिनिधिसभाका उम्मेद्धवार प्रमोदहरी गुरागाईँले गगन थापाको नेतृत्वसंगै नेपाली काँग्रेसमा पुरानो भावना जागृत भएको र नयाँ सम्भावनाको ढोका खुलेको बताँउदै काँग्रेसलाई बहुमत दिलाउन देशभर काँग्रेस कार्यकर्ताहरु लागि रहेको बताउनुभयो ।
देश जलाईदिन्छु भन्नेहरुलाई मत दिएमा मुलुक ठुलो संकटमा फस्ने बताँउदै नेता गुरागाइँले काँग्रेसलाई देशभरबाट बिजयी गराउन नसकेका फेरी एक पुस्ताले दुख पाउने भएकाले मतदान गर्न आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य एवं काँग्रेस नेतृ हरिप्रभा खड्गीले नयाँ दल भन्नेहरुले बिदेशीएकाहरुलाई गलत भाश्य खडा गरेर बिदेशबाट समेत आफ्ना बृद्ध बुबा आमा र परिवारकालाई मतदान गराउन अनावश्यक दबाब दिईरहेको बताँउदै त्यसलाई रोक्न लाग्नुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेसकी नेतृ सृजना सिंहले नेपाली काँग्रेसले काठमाण्डौं क्षेत्र नं ६ र ७ मा सक्षम र क्षमताबान नेतालाई उम्मेद्धवार बनाएको बताँउदै उहाँहरुलाई जिताउन सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “सबुज जि र प्रमेद जि दुवै सक्षम र बौद्धिक व्यक्तित्वहरु हुनुहुन्छ मैले लामो समय देखि उहाँहरुसंग संगत गरेको छु, त्यसैले तपाँईहरुले निसर्त रुपमा उहाँहरुलाई जिताउन लाग्नुहोस”
हालै मात्र नेपाली काँग्रेसमा प्रवेश गरेका पुर्व मन्त्री रामविर मानन्धरले मुलुकलाई समृद्धि र सुशान दिने एक मात्र नेपाली काँग्रेस पार्टी रहेकाले समृद्धिको अभियानमा गगन थापालाई सहयोग गर्नका लागि आफुले एमालेको सम्पुर्ण जिम्मेवारी त्यागेर काँग्रेसमा आएको बताउनुभयो ।
नेपाली काँग्रेस क्षेत्र नं ६ का सभापति एवं निर्वाचन परिचालन समितिका संयोजक श्याम कृष्ण खड्गीले देशको विकास र निवासकाका लागि एक नम्बरको पार्टी बनाउन काँग्रेसलाई मतदान गर्नुपर्ने बताँउदै काँग्रेसको जीत सुनिश्चीत नभएमा प्रजातन्त्र मात्र नभएर देशनै खतरामा पुग्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं ७ का क्षेत्रीय सचिब एवं तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले काँग्रेसले टिकेट दिएर चुनावी मैदानमा उम्मेद्धवार पठाएपनि काँग्रेसका कार्यकर्ता सवै उम्मेद्धवार रहेको बताँउदै पार्टीका आधिकारीक उम्मेद्धवारलाई जिताउन सबैले योग्दान गर्नुपर्ने बताउनुभयो ।
नेपाल महिला संघ तारकेश्वरकी सभापति भुवनेश्वरी खतिवडाले क्षेत्र नं ६ र ७ का उम्मेद्धवारलाई जिताउन महिलाहरु लागि परेको बताँउदै दुवै क्षेत्रमा काँग्रेसको जीत सुनिश्चीत रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस काठमाण्डौं जिल्ला सदस्य लक्ष्मण महर्जन, नेपाली काँग्रेस क्षेत्र नं ६ का क्षेत्रीय सचिब उत्तम अधिकारी, नेपाली काँग्रेस क्षेत्र नं ६ प्रदेश ख का सभापति बिष्णुभक्त तिमिल्सीना, नेपाली काँग्रेस तारकेश्वर नगरपालिकाका सभापति एवं नगरप्रमुख कृष्ण हरि महर्जन, नेपाली काँग्रेस तारकेश्वर नगर समितिका उपसभापति जमुना तिमिल्सीना, सहित नेपाली काँग्रेसका क्षेत्र, प्रदेश, नगर र वडा कार्यसमितिका पदाधीकारी एवं सदस्य लगायतको उपस्थीति रहेको थियो । कार्यक्रममा नेपाल महिला संघकी उपसभापति शान्ता थपलियाले कार्यक्रममा उपस्थीत सबैलाई धन्यवात दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्