मिल्सबेरी इन्टर–ए लेभल बास्केटबल प्रतियोगिता २०२६ सम्पन्न

Sagarmatha Post
Sagarmatha Post ११ फाल्गुन २०८२, सोमबार
2 Min Read
Aa
Screenshot

काठमाडौं । मिल्सबेरी ए लेभल्स द्वारा आयोजित मिल्सबेरी इन्टर–ए लेभल बास्केटबल प्रतियोगिता२०२६ आइतबार उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। प्रतियोगितामा सहभागी संस्थाहरूबीच उत्कृष्ट खेल प्रदर्शन, अनुशासन, टिमवर्क तथा उच्च खेल भावना देखिएको आयोजकले जनाएको छ।
गर्ल्सतर्फको फाइनल खेलमा माल्पी इन्स्टिच्युट र ग्लोबल कलेज बीच कडा प्रतिस्पर्धा भएको थियो। सुरुआतदेखि नै आक्रामक र रणनीतिक खेल प्रदर्शन गरेका दुवै टोलीमध्ये माल्पी इन्स्टिच्युटले उत्कृष्ट
रक्षात्मक समन्वय तथा संयमित खेल प्रस्तुत गर्दै ४–२ गोल अन्तरले विजय हासिल गर्‍यो। गर्ल्सतर्फ माल्पी इन्स्टिच्युट विजेता बनेको छ भने अन्तिम स्कोर ४–२ रहेको थियो। उक्त खेलमा सृजना
गिरी सर्वोत्कृष्ट खेलाडी (एमभिपी) घोषित भइन्।
ब्वाइजतर्फको फाइनलमा माल्पी इन्स्टिच्युटले आयोजक टोली मिल्सबेरी ए लेभल्ससँग प्रतिस्पर्धा गरेको थियो। उत्साहपूर्ण तथा रणनीतिक खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि निर्णायक क्षणमा प्रभावशाली खेल देखाउँदै माल्पी इन्स्टिच्युटले १९–१३ ले पराजित गर्दै उपाधि जित्न सफल भयो। ब्वाइजतर्फ पनि माल्पी इन्स्टिच्युट नै विजेता बनेको छ। खेलको अन्तिम स्कोर १९–१३ रहेको थियो। उक्त खेलमा सेरन श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी (एमभिपी) घोषित भए।
प्रतियोगिताको समापनसँगै आयोजित पुरस्कार वितरण समारोहमा नेपाल बास्केटबल संघ (नेबा) का अध्यक्ष भीमसिंह गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी मिल्सबेरीका अध्यक्ष
सुशील दाहाल तथा कार्यकारी निर्देशक/प्रिन्सिपल मोना दाहाल विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँहरूले विजेता तथा सहभागी सम्पूर्ण टिमलाई बधाई दिँदै विद्यालयस्तरीय खेलकुदले विद्यार्थीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास, अनुशासन तथा राष्ट्रिय खेल प्रतिभा विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।
आयोजकका अनुसार उक्त प्रतियोगिताले शैक्षिक उत्कृष्टतासँगै शारीरिक विकास, चरित्र निर्माण तथा नेतृत्व क्षमताको समग्र विकासमा मिल्सबेरीको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण विद्यालय, प्रशिक्षक, निर्णायक, आयोजक तथा सहयोगीहरूलाई मिल्सबेरी परिवारले धन्यवाद ज्ञापन गरेको छ। प्रतियोगिता समग्र रूपमा उत्साह, प्रतिस्पर्धा र खेल भावनाले भरिपूर्ण रहँदै सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्