जेनजीहरुको एजेन्डा बोक्न सक्ने एक मात्र उम्मेद्धवार रहेको भन्दै काठमाण्डौं ६ मा जेनजी युवाले मागे सबुज बानियाँको पक्षमा मत

Sagarmatha Post
Sagarmatha Post १२ फाल्गुन २०८२, मंगलवार
4 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । काठमाण्डौं क्षेत्र नं ६ मा चुनावी युवा भेला सम्पन्न भएको छ ।
नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल काठमाण्डौं क्षेत्र नं ६ को संयुक्त आयोजनामा सामाखुसी स्थीत स्काई व्याङक्वेटमा आज आयोजना गरिएको भव्य चुनावी युवा भेलामा काठमाण्डौं क्षेत्र नं ६ का हजारौं युवा तथा तरुणहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा युवा तथा विद्यार्थीहरुले क्षेत्र नं ६ मा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभाका उम्मेद्धवार सबुज बानियाँनै यस क्षेत्रका जेनजीहरुको भावना अनुसारको एजेण्डा बोक्न सक्ने एक मात्र उम्मेद्धवार रहेको बताँउदै उहाँको जितका लागि तरुण, युवा र जेनजीहरुको दरिलो साथ रहेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य बिष्णु मुलपतिले अहिलेको निर्वाचन युवाहरुको माग अनुसारनै भएको बताँउदै निर्वाचनमा युवाहरुको भावनाको प्रतिबिम्वीत गर्न सक्ने क्षेत्र नं ६ का एक मात्र उम्मेद्धवार सबुज बानियाँ रहेकाले सबै युवाहरुले मत दिएर जिताउनुपर्ने बताउनुभयो ।
काँग्रेसलाई युवाको नेतृत्वमा ल्याउन सबुज बानियाँको महत्वपुर्ण भुमिका रहेको बताँउदै मुलपतिले विद्यार्थीको मर्मलाई कर्ममा रुपान्तरणका लागि सबुज बानियाँको नेतृत्व जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य रमेश लामिछानेले काँग्रेसलाई देश र जनताको भावना अनुसार रुपान्तरण गदै गगन नेतृत्वको नयाँ काँग्रेस बनाउन महत्वपुर्ण भुमिका खेल्नुभएका सबुज बानियाँलाई काँग्रेसले यस क्षेत्रको उम्मेद्धवार बनाएसंगै युवाहरु निकै उत्साहीत बनेको बताँउदै बानियाँलाई युवा र जेनजीको पुर्ण साथ रहने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट क्षेत्र नं ६ का प्रतिनिधिसभाका उम्मेद्धवार एवं नेपाली काँग्रेस काठमाण्डौंका जिल्ला सभापति सबुज बानियाँले जेनजी आन्दोलनलाई हाइज्याक गरेर मुलुकलाई अस्थीरतामा धकेल्नेहरुनै सामाजिक सञ्जाल मार्फत आफुहरु परिवर्तनकारी भएको भ्रम छरीरहेको बताँउदै मुलुकलाई अस्थीरतामा धकेल्नेहरुलाई युवाहरुले साथ दिन नहुने बताउनुभयो ।
मुलुकमा परिवर्तन ल्याउन सक्ने ल्यागत र तागत युवाहरुमा रहेको बताँउदै युवाहरुको भावना र समयको माग अनुसार रुपान्तरण गर्न सक्ने काँग्रेस पार्टी युवा र जेनजीहरुको रोजाईमा रहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं ६ का सभापति एवं चुनाव परिचालन समितिका संयोजक श्याम कृष्ण खड्गीले जेनजी आन्दोलन पछिको बाध्यतात्मक अवस्थामा हुनगईरहेको निर्वाचन बिगतको सामान्य परिस्थीतिको निर्वाचन जस्तो नरहेको बताँउदै काँग्रेसलाई मत दिएर निर्वाचीत गराउन नसकेमा देशनै खतरामा पर्ने बताउनुभयो ।
नेपाली काँग्रेस क्षेत्र नं ६ का तरुण दलका सभापति एवं युवा भेलाका संयोजक शन्तोष धितालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति काठमाण्डौंका कार्यवाहक सभापति गोकर्ण केसी, नेपाली काँग्रेसकी नेतृ जीवन डंगोल, नेपाल विद्यार्थी संघ तारकेश्वरका सभापति सौरभ कार्की लगायतले मुलुकको माग अनुसार रुपान्तरीत भएको नेपाली काँग्रेस पार्टीले मात्र समग्र जनताको भावनालाई प्रतिविम्बीत गर्न सक्ने बताँउदै देशै भरका मतदाताले काँग्रेसका उम्मेद्धवारलाई जिताउन मतदान गर्नुपर्ने बताउनुभयो ।
नेपाल विद्यार्थी संघका नेता परोपकार अधिकारीले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रममा नेपाली काँग्रेस बाग्मती प्रदेशका सदस्य हरिहर अधिकारी, इन्द्रमान महर्जन, नेपाली काँग्रेस काठमाण्डौं जिल्ला सदस्य लक्ष्मण महर्जन, निर्मल लामा, नेपाली काँग्रेस क्षेत्र नं ६ का क्षेत्रीय सचिब उत्तम अधिकारी, रामशरण पाण्डे, नेपाली काँग्रेस क्षेत्र नं ६ प्रदेश क र ख का सभापति क्रमश ख्यामराज तिवारी र बिष्णुभक्त तिमिल्सीना, नेपाली काँग्रेस तारकेश्वर नगरपालिकाका सभापति एवं नगरप्रमुख कृष्ण हरि महर्जन, नेपाली काँग्रेस तारकेश्वर नगर सभापति एवं तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, सहित नेपाली काँग्रेसका जिल्ला, क्षेत्र, प्रदेश, नगर र वडा कार्यसमितिका पदाधीकारी एवं सदस्यहरु, काँग्रेसका भातृ तथा सुभेच्छुक संस्थाका पदाधीकारी एवं सदस्यहरु लगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रम सुरुहुनुपुर्व काठमाण्डौं क्षेत्र नं ६ का बिभिन्न भागबाट युवाहरुले मोटरसाईकल ¥याली सहित कार्यक्रम स्थल सम्म पुगेका थिए । कार्यक्रममा केहि युवाहरुले बिभिन्न दल परिवर्तन गरी काँग्रेस पार्टीमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेका युवाहरुलाई नेता बानियाँले फुल र अविर सहित पार्टीमा स्वागत गर्नुभएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्