काठमाण्डौं । काठमाण्डौं क्षेत्र नं ६ का स्वतन्त्र पार्टीका उम्मेद्धवार शिशिर खनालका निकट मानिने हरिहर काफ्लेले स्वतन्त्र पार्टी परित्याग गरी नेपाली काँग्रेस प्रवेश गरेका छन् ।
स्वतन्त्र पार्टीका तारकेश्वरका सल्लाहकार सदस्य तथा केन्द्रिय महाधिवेशन प्रतिनिधिका आकंक्षी काफ्लेलाई आज तारकेश्वर नगरपालिका वडा नं १० स्थीत लोकतान्त्रीक चोकमा काँग्रेसको कोणसभा कार्यक्रममा क्षेत्र नं ६ मा नेपाली काँग्रेसका प्रतिनिधिसभाका उम्मेद्धवार एवं नेपाली काँग्रेस काठमाण्डौं जिल्लाका सभापति सबुज कृष्ण बानियाँले पार्टी प्रवेश गराउनु भएको हो ।
तारकेश्वर नगरपालिका वडा नं ८ निवासी काफ्लेले २०७९ सालमा काँग्रेस परित्याग गरी स्वतन्त्र पार्टीका उम्मेद्धवार शिशिर खनाललाई जिताउन महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको थियो । काफ्लेले स्वतन्त्र पार्टीको आर्कषक नाराबाट भ्रममा परेर बाटो बिराएको बताँउदै अब आजीबन काँग्रेसमानै रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रि इलेक्सनमा १० प्रतिशत बिदेशमा बस्ने नेपालीलाई उम्मेद्धवार बनाउने भन्दै स्वतन्त्र पार्टीले लाखौं उठाएर ठगी गरेको बताँउदै स्वतन्त्रपार्टीका गलत क्रियाकलापहरुलाई स्वीकार गर्न नसकेर पाटिनै छाडनुपरेको बताउनुभयो ।

काफ्लेले रास्वपा छाडनु अगाडी लेखेको मार्मिक फेसबुक स्टाटस
रास्वपा संगको मेरो साईनो २०७९ को प्रतिनिधिसभा निर्बाचनमा शिशिर खनाल काठमाडौ ६ को उमेदबारी पश्चात् जोडिएको हो भने आधिकारीता २०८०/१/२१ मा सदस्यता लिए पछि भएको थियो । यहि बिचमा निर्बाचन क्षेत्र एवम नगर अधिबेशनमा केन्द्रीय महाधिबेशन प्रतिनिधिमा उमेदबारी समेत दिएको थिएँ समझदारी गर्ने नाममा मलाई फिर्ता लिन भनियो मैले लिएँ पनि । भाद्र २३/२४ को घटना पछि देशमा चुनाव हुने अबस्था आयो महाधिबेशनबाट पार्टि पछि हट्यो र चुनावमा अघि बढ्यो ।
अनि शुरू भयो प्रि ईलेक्सनको नाटक ।
पार्टिको बिधानमा नै प्रवासि नेपालीलाई नेपाल भित्र्याउन कम्तिमा १०% समानुपातिक सांसद बनाउने नीति अनुरूप देश भित्र र बाहिरबाट करिब ९०० जनाले रू ५०००० तिरेर प्रिईलेक्सनमा भाग लिए तर समानुपातिक सूचिमा १ जना पनि प्रवासि नेपाली समाबेश गरिएन भने प्रिईलेक्सनको नतिजा अनुसार पनि समानुपातिक शुचि पाईएन । भनाई र गराईमा फरक गरेको पाईयो । जान्नेलाई हैन गाँठवाला र आफ्नालाई छान्ने ।
क्षेत्रिय निर्बाचन समितिको निर्बाचनमा बढी मत ल्याउने ४ जना छनौट हुने र कनिष्ट सदस्य सभापति हुने भनियो त्यसमा पनि चलखेल गरियो , क र ख बाट २/२ जना छनौट गर्ने हुकुम प्रमाङ्गी शैली अपनाईयो ।
नयाँ पार्टि छोटो समयमै चौथो दल बन्दै राष्ट्रिय पार्टि बन्न सफल भएकोले यसमा जोडिएका म जस्ता जब रबि माथी सहकारी ठगी प्रकरणमा नाम जोडियो तब उनिमाथी शंका लाग्न थाल्यो । उनका आसेपासेहरू रबिमाथी प्रतिशोध साँचियो भन्दै उफ्रन्थे म चाहिँ उनी दोषि छैनन भने छुट्छन किन अदालति प्रकृयामा हस्तक्षेप हुने गरि बोल्ने ? भनी प्रश्न गर्थे । जब रबिजीका पटक पटकका बयानहरू फेरिदै आए मेरो शंका सत्यता तर्फ उन्मुख हुन थाल्यो यद्दपी मुद्दा अदालतमा बिचाराधिन भएकोले बढी बोल्न मिलेन । सहकारी ठगी एवम संगठीत अपराधमा रबिजीको संलग्नता कि उहाँलाईनै थाह होला ? नत्र नेपालको कानुन र प्राप्त प्रमाणका आधारमा अदालतले फैसला गर्ने नै छ ।
करिब २२ महिना मलाई यस रास्वपामा रहंदा साथ सहयोग गर्नुहुने बिशेषगरी तत्कालिन संघिय सांसद शिशिर खनाल, वडा, क्षेत्रीय तथा प्रदेश समिति पदाधिकारीहरू प्रति आभार प्रकट गर्दै आजकै मिति २०८२/११/१२ बाट राष्ट्रिय स्वतन्त्र पार्टिको साधारण सदस्यबाट अलग रहेको घोषणा गर्दछु । ( प्रचारको क्रममा दिईएको टोपी र लोगो घन्टीघर लामबगरमा बुझाउने छु )
अबको मेरो राजनितिक संलग्नता भोलि मिति २०८२/११/१३ गते लोकतान्त्रिक चोकमा नेपाली काँग्रेसबाट आयोजित सभामा घरफर्क अभियान मार्फत हुने सहश्र जानकारी गराउदछु ।
मेरो अनुरोध ; निष्ठाको राजनिती चाहने, धर्म र संस्कृतिमा आस्था राख्ने र राजनिति गर्न पैसा खर्च गर्न नसक्नेले यो रास्वपा पार्टि जतिसक्यो चाँडो परित्याग गर्यो त्यति राम्रो ।
जहाँ प्रश्न गर्न पाईन्छ प्रश्न मरेको छैन ।
बदल्यौ काँग्रेस, बदल्छौ देश !
जय नेपाल !
हरिहर काफ्ले
(ता न पा वडा नं ८ सल्लाहकार सदस्य)
काठमाण्डौ ।



प्रतिक्रिया दिनुहोस्