एन्जल्स हार्ट नेश्नल स्कुल तथा एन्जल्स किड्सको ८ औं अविभावक दिवस सम्पन्न

Sagarmatha Post
Sagarmatha Post १६ फाल्गुन २०८२, शनिबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वरको शैक्षिक क्षेत्रका छुट्टै पहिचान बनाउन सफल तारकेश्वर नगरपालिका वडा नं ९ को एन्जल्स हार्ट नेश्नल स्कुल तथा एन्जल्स् किड्स मन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवस मनाएको छ ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनको प्रमुख आतिथ्यतामा विद्यालयको प्राङगणमा आज विशेष कार्यक्रमको आयोजना गरी विद्यालयले स्थापना दिवस तथा अविभावक दिवस मनाईएको हो ।
कार्यक्रममा बोल्दै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले शिक्षा क्षेत्रको विकासले मात्र समाजका सम्पुर्ण क्षेत्रमा परिवर्तन सम्भब हुने बताँउदै तारकेश्वर नगरपालिकाले शैक्षिक क्षेत्रको विकासका निम्ती यस बर्ष १० करोड भन्दा बढी रकम बिनियोजन गरेको बताउनुभयो ।

May be an image of text that says 'THEME NALSCHOOL RIPRE-SCHOOL AGE OUR ROOTS. OUR OURPRIDE PRIDE'
नगरपालिकाले शिक्षामा गरेको लगानीको प्रतिफल स्वरुप शैक्षिक तथ्यांकहरुमा निकै सुधार आईरहेको बताँउदै नगरप्रमुख महर्जनले तारकेश्वरका शैक्षिकसंस्थाहरु अब्बल रहेकाले नगरपालिका भन्दा बाहिरका विद्यालयहरुमा बालबालीकालाई अध्ययनका लागि नपठाउन अविभावकहरुलाई आग्रह गर्नुभयो ।

May be an image of tree and text that says 'NGELS'HEA NGELS' NGELS'KID LS'KIDSM KIDSM Rpar TNEME NAL SCHOOL RI RIPRE-SCHOOL Core OUR ROOTS. SURROOTS,OURPRIDE" OUR PRIDE ur urPar Par'
कार्यक्रममा तारकेश्वर नगरपालिकाका शिक्षा शाखा प्रमुख सुधिनराज बुढाथोकीले शिक्षामा आएका नविनतम प्रयोगहरुसंगै विद्यार्थीहरुलाई शिक्षासंगै संस्कार, सिप र प्रविधिसंग जोडनुपर्ने आवश्यकता रहेको बताँउदै विद्यालयले स्वस्थ्य शरिर भएमात्र स्वस्थ्य मस्तीस्कको विकास हुन्छ भन्ने मनन गदै विभिन्न किसिमका खेल, योगमा जोडन केन्द्रित गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
अविभावकले बालबालीकाहरुलाई समय नदिदा बालबालीकाहरु कुलतमा फसेका धेरै उदाहारण रहेको बताँउदै बुढाथोकीले समयमा ध्यान दिन नसकेमा शिक्षामा गर्नुपर्ने खर्च सुधार गृहमा गर्नुपर्ने अवस्था आउन नदिने तर्फ सजग रहन अविभावकलाई सुझाब समेत दिनुभयो ।
कार्यक्रममा विद्यालयका अध्यक्ष लिल बहादुर पुनले सहकार्य र एकता बिना शैक्षिक क्षेत्रहरुको अस्थीत्व चुनौतिपुर्ण रहने बताँउदै शैक्षिक संस्थाहरु बिच अनावश्यक बिषयमा अस्वस्थ्य प्रतिष्पर्धा नभई विद्यार्थीको बृत्ति बिकासमा मात्र प्रतिष्पर्धा हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक टक बहादुर थापाले विद्यालयले खानपान, योगध्यान र अध्ययनलाई अबलम्बन गरेको बताँउदै विद्यालयले पढाइलाई सिकाइएको एउटा महत्वपुर्ण पक्षको रुपमा मात्र लिएर विद्यार्थीको बहुआयामीक क्षमता समेत लाई मुल्यांकन गदै रिजल्ट तयार गर्ने गरेको बताउनुभयो ।
कार्यक्रममा काठमाण्डौं प्याव्सनका उपाध्यक्ष धन बहादुर पुन, तारकेश्वर नगर प्याब्सनका अध्यक्ष गोपाल बुढाथोकी, कार्यक्रममा आमन्त्रीत बिभिन्न विद्यालयका प्रधानाध्यापकहरु, विद्यालयका सञ्चालक यम बहादुर छन्त्याल, दिल बहादुर बुढाथोकी, एन्जल्र्स हार्ट नेश्नल स्कुलको कोषाध्यक्ष प्रेममाया पुर्जा, विद्यालयक सेयर सदस्य हिमलाल गिरी, विद्यालयका योगा प्रशिक्षक एवं बासुकीनाग टोल सुधार समितिका अध्यक्ष कुमार श्रेष्ठ, बिभिन्न टोल सुधार समिति तथा बिभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, अविभाबकहरु सहित
विद्यालयमा ३ बर्ष, ६ बर्ष र १० बर्ष कार्यसम्पादन गरेका लेखा प्रमुख शर्मिला गिरी, सुजना बस्नेत लगायतका शिक्षक तथा कर्मचारीहरुलाई विद्यालयले प्रमाणपत्र र मेडलले सम्मान गरेको थियो ।
अस्ट्रेलियाको गोलक्वेष्टमा पुगेर अन्तराष्ट्रिय फुटबल प्रतियोगितमा भाग लिएर र्फकिएका विद्यालयका खेलाडीहरु, प्रशिक्षक तथा विद्यालयका प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रम संचालन विद्यालय को अडीनेट इम कुमारी गुरुङ, र विद्यालय अंग्रजी शिक्षक संगिता आवल ले गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले कौडा नृत्य, कराँते डेमोस्ट्रेसन, संस्कृति नृत्य, म्युजीकल पिटी योगा, लगायतका मनोरञ्जनात्मक प्रस्तुती राखेका थिए ।

May be an image of one or more people and text

May be an image of one or more people

May be an image of one or more people and text

May be an image of one or more people and text

fgf

May be an image of one or more people, people dancing, people practicing yoga, dais and text that says 'CILTURALEME: ILTURINTPEME:"CULTURALHERITAGE ЖEΜΕ: "CULTURAL HERITAGE:00 CILTURAI CoreValue dr Core alue = =digis Robetics Nenal ComprehensiveDevelopment Comprehensive Development Values-BasedEducation Values-Based Education ExmntialLear En ntial Learning Lear Learning Learning जिक'

ht

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्