नेकपा एमालेका नेता मल्ल पक्राउ

Sagarmatha Post
Sagarmatha Post १४ चैत्र २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौँ । नेकपा एमालेका नेता कर्णबहादुर मल्ल पक्राउ परेका छन् ।
बलात्कार सम्बन्धी कसुरमा मल्ललाई शनिबार सातदोबाटोबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले रातोपाटीलाई जानकारी दिए ।
यसअघि, मुगु घर भएका एमालेका प्रदेश सदस्य मल्लविरुद्ध एक युवतीले जिल्ला प्रहरी परिसर ललितपुरमा बलात्कारको जाहेरी दिएकी थिइन् । बालकुमारीको एक होटलमा आफूलाई मल्लले बलात्कार गरेको उनको आरोप छ । पीडितले सुरुमा भ्रुणहत्या गरेको सम्बन्धी जाहेरी ल्याएकी थिइन् भने पछि उनले बलात्कारको जाहेरी ल्याएकी थिइन्। पीडित महिला कालिकोटकी स्थानीय हुन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्