तारकेश्वर नगरपालिकाले बालमैत्री नगरपालिका घोषणाका लागि घरधुरी सर्बेक्षण गदै

Sagarmatha Post
Sagarmatha Post १७ चैत्र २०८२, मंगलवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्नका लागि घरधुरी सर्बेक्षण गरिने भएको छ । संघीय सरकारबाट स्वीकृत बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि, २०७९ तथा बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि, २०७७ का प्रावधान बमोजिमको तारकेश्वर नगरपालिकामा बालमैत्री स्थानीय शासन लागू गर्नका लागि घरधुरी सर्वेक्षण गर्न लागिएको हो । घरधुरी सर्बेक्षणका लागि छनोट गरिएका शिक्षक तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई नगरपालिकाले आज डिजिटल फारम भर्नका लागि तालिम दिएको छ । तालिम पश्चात नगरपालिकाले हरेक वडामा ५÷५ जनाका दरले ११ वडामा ५५ जना गणकहरु मार्फत घरदैलो गरेर तथ्यांक संकलन गर्ने जनाएको छ । एक महिना भित्र सम्पन्न गर्ने लक्ष्य सहित सुरुहुन लागिएको यस कार्यक्रमका लागि प्रतिगणक रु २० हजार र फारम भरेबापत थप रु ५ हजार गरी रु २५ हजार सेवा सुविधा पाउने तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज लम्सालले बताउनुभयो ।

May be an image of map and text
कार्यक्रमलाई सम्बोधन गदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले नगरपालिकाले निश्चीत उदेश्य सहित घरधुरी सर्बेक्षण गर्न लागेकाले जिम्मेवार बनेर तथ्यांक संकलन गर्न गणकहरुलाई आग्रह गर्नुभयो ।
नगरप्रमुख महर्जनले तथ्यांक शंकलनका लागि नगरपालिकाले खटाउने गणकहरुलाई सहि तथ्यांक उपलव्ध गराईदिनुहुन तारकेश्वर नगरवासीहरुलाई आग्रह गदै चाँडैनै त्यस बारेमा नगरपालिकाले औपचारीक सुचना जारी गर्ने बताउनुभयो ।

May be an image of ‎one or more people, map, dais and ‎text that says '‎प्रदेश تأ-ت रत‎'‎‎
कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले नगरपालिकाले नयाँ युवाहरुलाई भन्दा महिला स्वास्थ्य स्वयम सेविका र ईसिडि कक्षामा अध्यापन गराउने शिक्षकहरुलाई प्राथमीकता दिएर नगरपालिकाले घरधुरी सर्बेक्षण गराउन लागेको बताँउदै अवसरलाई सहि सदुपयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रशासन तथा महिला बालबालीका शाखा प्रमुख सम्भु प्रकाश शर्माले सहभागीलाई तथ्यांक शंकलनको विधि र प्रकृयाको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाक शिक्षा शाखा प्रमुख सुधिनराज बुढाथोकी सहित महिला बालबालीका शाखाका कर्मचारीहरु लगायतको उपस्थीति रहेको थियो ।

May be an image of one or more people, dais and text that says 'कोशी प्रदेश मधेश प्रदेश'

May be an image of one or more people and people studying

May be an image of one or more people, people studying and dais

May be an image of one or more people and people studying

ghgh

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्