तारकेश्वर नगरपालिका भित्रका विद्यालयहरुको अनुगमन, प्रि प्राईमरी स्कुलका किचेनमै भेटियो लापरबाही

Sagarmatha Post
Sagarmatha Post १७ चैत्र २०८२, मंगलवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका भित्र सञ्चालीत विद्यालयहरुको आज अनुगमन गरिएको छ ।
तारकेश्वर नगरपालिकाको सामाजिक विकास शाखाको संयोजनमा नगरउपप्रमुख सृजना बुर्लाकोटी अर्यालको नेतृत्वमा आज तारकेश्वरका वडा नं ४, ५ र ११ नम्बर वडाका आधादर्जन विद्यालयहरुको अनुगमन गरिएको हो । अनुगमनका क्रममा केहि विद्यालयहरु मापदण्डको पालना नगरी सञ्चालन गरिएको भेटियो । त्यसै क्रममा केहि विद्यालयहरुले प्रिप्राईमरीको अनुमती लिएर कक्षा २ सम्म सञ्चालन गरिरहेको, शिक्षकहरुलाई न्युनत तलब नदिएको, किचेनमा मिति सक्कीएका केहि खाध्यबस्तुहरु भेटिएको छ ।
तारकेश्वर नगरपालिकाले केहि समय अगाडी विद्यालयहरुलाई स्तरबृद्धिका लागि सुचना जारी गरेको थियो । सो क्रममा निबेदन दिएका विद्यालयहरुको अपग्रेटका लागी नगरपालिकाले अनुगमन गरेको हो । अनुगमनका क्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, सामाजिक विकास शाखाका संयोजक एवं तारकेश्वर नगरपालिका वडा नं ३ का अध्यक्ष परशुराम अर्याल, तारकेश्वर नगरपालिकाका शिक्षा शाखा प्रमुख सुधिनराज बुढाथोकी, तारकेश्वर नगरपालिकाका शिक्षा समितिका सदस्य एवं काठमाण्डौं जिल्ला प्याव्सनका उपाध्यक्ष धन बहादुर पुन, तारकेश्वर नगरपालिका वडा नं ११ का अध्यक्ष कबिराज बस्नेत, तारकेश्वर नगरपालिककी कार्यपालिक सदस्य अञ्जु बस्नेत लगायत नगरपालिकाको शिक्षा शाखाका कर्मचारीहरुको संयुक्त टोलीहरुले अनुगमन गरेको हो ।
अनुगमन पछि तारकेश्वर नगरपालिककी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले तारकेश्वरका विद्यालयहरुलाई व्यवस्थीत रुपमा सञ्चालनका लागि नगरपालिकाले अनुगमन गरेको बताँउदै मापदण्ड बिपरित सञ्चालन भएका विद्यालयहरुको अध्ययन गरेर कारबाही गरिने बताउनुभयो ।
तारकेश्वर नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख एवं वडा नं ३ का अध्यक्ष परशुराम अर्यालले नगरपालिकामा स्तरबृद्धिका लागि निबेदन दिएका विद्यालयहरुको अनुगमन गरिएको बताँउदै अनुगमनका क्रममा देखिएका यथार्थ बिबरण सहित कार्यपालिकामा पेश गरिने बताउनुभयो । अर्यालले कार्यपालिकाले उपयुक्त देखिएको विद्यालयको स्तरबृद्धिको स्वीकृति दिने बताउनुभयो ।
तारकेश्वर नगरपालिकाका शिक्षा शाखा प्रमुख सुधिनराज बुढाथोकीले अनुगमनका क्रममा केहि विद्यालयहरुमा कम्जोरी भेटिएको बताँउदै कम्जोरी नसुधार्ने विद्यालयहरुलाई स्तरबृद्धिको स्वीकृति दिन नसकिने बताउनुभयो ।
काठमाण्डौं जिल्ला प्याव्सनका उपाध्यक्ष धन बहादुर पुनले नगरपालिकाको अनुगमनले निजी विद्यालयहरुलाई व्यवस्थीत रुपमा सञ्चालनका लागि सहयोग पुग्ने बताँउदै कम्जोरीबाट पाठ सिकेर विद्यालयहरुले सुधार गर्नुपर्ने बताउनु भयो ।

May be an image of one or more people, dais and text

May be an image of one or more people

May be an image of one or more people

fg

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्