तारकेश्वरको गार्मेन्ट र वाइन उद्योगमा नगरपालिकाको आकस्मीक अनुगमन, के देखियो अनुगमनमा ?

Sagarmatha Post
Sagarmatha Post १८ चैत्र २०८२, बुधबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालको नेतृत्वमा तारकेश्वर नगरपालिका भित्र सञ्चालीत दुईवटा उद्योगहरुको अनुगमन गरिएको छ ।
नगरपालिका क्षेत्रका व्यवसायहरुलाई व्यवस्थीत र मर्यादीत बनाउनका लागि उपप्रमुखको नेतृत्वमा केहि दिन देखि बिभिन्न क्षेत्रका उद्योग र व्यवसायहरुको अनुगमन भईरहेको छ ।
तारकेश्वर नगरपालिका वडा नं ३ स्थीत आइकोन वेभरेज एण्ड वाइन उद्योग जितपुरफेदी तथा वडा नं ६ स्थीत ओझा टेक्सटाईल उद्योगमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा वाइन उद्योगमा आवश्यक कागजपत्रहरु उपलव्ध नभएकाले अविलम्भ आवश्यक कागजपत्र सहित एक साता भित्र नगरपालिकामा सम्पर्कमा आउन आग्रह गरिएको छ । सो क्रममा उद्योगको अवस्था, कच्चापदार्थ, उत्यापदन देखि बितरण प्रणालीका बारेमा नगरउपप्रमुख सृजना बुर्लाकोटी अर्यालले जानकारी लिनुभएको थियो । सो क्रममा उद्योगको अवस्था ठिकै देखिएपनि सरसफाईलाई ध्यान दिन अनुगमन टोलीले सचेत गराएको छ ।
त्यस्तै तारकेश्वर नगरपालिका वडा नं ६ स्थीत ओझा टेक्सटाईल उद्योगमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा उद्योगको दुईतलाको आईबिम स्टक्चरको भबन निर्माण भएको देखिएपनि एकतलाको ६ हजार ३ सय ९० क्षेत्रफलको मात्र नक्सा पास गरेर सोही अनुसारको मात्र राजश्व तिरेको भेटिएको अनुगमन टोलीका सदस्य एवं राष्ट्रिय उपभोक्ता मञ्चका तारकेश्वर नगर अध्यक्ष सानुबाबु महर्जनले बताउनुभयो । उद्योगले सामान्य टहराको अनुमती लिएर आईविम स्टक्चर निर्माण गरेको पाएपछि अनुगमन टोलीकी संयोजक उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले अविलम्ब नगरपालिकामा सम्पर्क गरेर सम्पुर्ण एरियाको नक्सापास गर्न निर्देशन दिनुभयो । अनुगमनका क्रममा उद्योग सञ्चालनमानै रहेको भेटियो । उद्योगले उत्पादनका क्रममा आउने ध्वनीलाई नियन्त्रण नगरी असुरक्षित रुपमानै कामदारलाई काममा लगाएको भेटियो । अनुगमन टोलीले सो क्रममा देखिएका समस्याहरुलाई अविलम्ब सुधार गर्न सचेत गरिएको टोलीका सदस्य भुपेन्द्रसिंह बडालले बताउनुभयो ।
अनुगमनका नगरपालिकाका बिभिन्न सरोकारवाला शाखाका कर्मचारीहरु, उपभोक्ता अधिकारकर्मीहरु, पत्रकार, नेपाल प्रहरी, नगरप्रहरी सहितको टोली सहभागी थियो ।

May be an image of text

May be an image of silo

No photo description available.

No photo description available.

sd

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्