रबिन थपलिया । काठमाण्डौं । उद्यमशिलता र पारदर्शीता ः सहकारीको प्राथमिकता भन्ने मुल नारासहित तारकेश्वर नगरपालिकाले ६९ औं सहकारी दिवस मनाउने भएको छ । यहि चैत्र २० गते सहकारी दिवसको अवसरमा नगरपालिका भित्र सञ्चालीत सहकारी संस्थाहरुको उपस्थीतिमा अन्तरक्रिया कार्यक्रम तथा प्रदर्शनी लगायतको कार्यक्रम गरी सहकारी दिवस भव्यताका साथ मनाउन लागिएको तारकेश्वर नगरपालिकाको सहकारी शाखाका अधिकृत भुपेन्द्र सिंह बडुवालले जानकारी दिनुभयो ।
सहकारी दिवसको दिन चैत्र २० गते बिहान ७,३० बजे तारकेश्वर नगरपालिका वडा नं ६ स्थीत नर्भ भ्याली स्कुलको गेटबाटमा जम्मा भएर नगरपालिका सम्म पैदल यात्रा सहित पुग्ने कार्यक्रम तय गरिएकाले तारकेश्वर नगरपालिका क्षेत्र भित्रका सम्पुर्ण सहकारी संस्थाहरुबाट प्रतिनिधित्व हुने गरी औपचारीक पोशाकमा आ–आफ्नो सहकारीको प्लेकार्ड सहित कार्यक्रममा उपस्थीतिका लागि सहकारी शाखाले नगरपालिका भित्रका सम्पुर्ण सहकारी संस्थाहरुलाई आग्रह गरेको छ ।
त्यस्तै सोहि दिन नगरपालिकामा सहकारी संस्थाहरुले उत्पादन गरेका सामग्रीहरु तथा सेवाहरुको प्रर्दशनी समेत आयोजना गरिएको छ । प्रर्दशनीका उत्कृष्ट उत्पादन तथा सेवालाई पुरस्कृत समेत गरिने अधिकृत बडालले बताउनुभयो ।
तारकेश्वर नगरपालिकाले ६९ औं सहकारी दिवस भव्यताका साथ मनाँउने, सहकारीले उत्पादन गरेका सामग्रीको प्रदर्शनी गरिने


प्रतिक्रिया दिनुहोस्